काठमाडौं: नेपाली सांगीतिक क्षेत्रमा नयाँ भावनात्मक प्रस्तुति ‘सारङ्गीको साथी’ ले श्रोतामाझ प्रवेश गरेको छ। सन् २०२५ को नेपाली स्याड गीतका रूपमा आएको यस गीतले जीवनका संघर्ष, पीडा र भावनालाई सारङ्गीको मर्मस्पर्शी धुनमार्फत कलात्मक ढंगले प्रस्तुत गरेको छ।
गीतमा रमेश शेसी र सरिता गोतामे महारको सुमधुर स्वर सुन्न सकिन्छ। सरिता गोतामे महारकै संगीत रहेको यस गीतका शब्द टेकम पाण्डे ‘जिज्ञासु’ले लेखेका हुन्। एरेञ्जमेन्ट पूर्ण साम्योगले गरेका छन् भने मिक्सिङ र मास्टरिङ खडक बाजुरालीले गरेका छन्। गीत मालाश्री स्टुडियोमा रेकर्ड गरिएको हो।
गीतको भिडियो पक्ष पनि उत्तिकै प्रभावशाली बनेको छ। भिडियोमा आयुष्मा कार्की (केशरी) र दिनेश मुस्कानको मुख्य अभिनय देख्न सकिन्छ। साथै तुकमान बीके, अनिता साउद, अभिषेक लाम्साल, सिता पाण्डे र प्रयास कुमारको पनि अभिनय रहेको छ। भिडियोको निर्देशन तथा सम्पादन दिनेश मुस्कानले गरेका हुन् भने डीओपी तथा एरियल सिनेमाटोग्राफी डेनिस खनालले सम्हालेका छन्। सहायक निर्देशनमा तुकमान बीके (गोपाल) रहेका छन्।
पोस्ट–प्रोडक्सनको काम डी सिनेमा आर्ट प्रा.लि.ले गरेको हो भने मेकअप आर्टिस्टका रूपमा शोभना न्यौपाने रहेकी छन्।
निर्माण टिमले गीत निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ। विशेष धन्यवाद परिवारजन, शुभेच्छुक, कलाकार तथा विभिन्न कला संस्थाहरूलाई दिइएको छ।
भावनात्मक कथावस्तु, सारङ्गीको पीडामिश्रित धुन र कलाकारहरूको सशक्त अभिनयका कारण ‘सारङ्गीको साथी’ दर्शक तथा श्रोताको मन छुने गीत बन्ने अपेक्षा गरिएको छ। गीत तथा भिडियोको पूरा प्रस्तुति हेर्न सक्नुहुनेछ।




प्रतिक्रया दिनुहोस्