दोहा,कतार- सद्भाव युवा समाज कतारले कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका- ११ अमरपुरमा रहेको श्री दशरथ आधारभूत विद्यालय लाई शैक्षिक,खेलकुद र स्टेशनरी सहित कार्यालय व्यवस्थापन तथा सरसफाइको लागि आवश्यक सामग्री सहयोग गरेको छ ।
समाजले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल कामीको सभापतित्व, वडा नम्बर ११ का वडा अध्यक्ष शेर बहादुर साउदको प्रमुख आतिथ्यता तथा स्थानीय समाजसेवी एवं जनप्रतिनिधिहरुको उपस्थितिमा बुधबार एक विशेष कार्यक्रमको आयोजना गरि विद्यालयमा अध्ययनरत ६५ जना बालबालिकालाई वर्ष भरि उपयोग गर्न पुग्ने गरि सद्भावको उपहार स्वरुप ८० हजार रुपैयाँ बराबरको विभिन्न शैक्षिक र खेलकुद लगायतका सामग्रीहरु हस्तान्तरण गरेको हो ।

उक्त शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाका सदस्य सुर्जा वि.क, वडा सदस्य कमला कामी, शुक्लाफाँटा प्राविधिक शिक्षालयका निमित्त प्रमुख ललित कलौनी, कृष्ण सामुदायिक वनका अध्यक्ष अमर ऐर, बसन्त सामुदायिक वनका अध्यक्ष रन सिंह सुनार, पीटीए अध्यक्ष गणेश चुनारा, समाजसेवीहरु नन्द सुनार, रामबहादुर चुनारा, प्रदीप चन्दारा, विद्यालयका पूर्व शिक्षक सुरज आग्री लगायत विभिन्न सामाजिक ब्यक्तित्वहरुको विशेष उपस्थिति रहेको थियो ।
“जहाँ अभाव त्यहाँ सद्भाव” भन्ने मुल नारा लिएर कतारमा सन् २००८ मा स्थापना भएको श्री सद्भाव युवा समाज यो भन्दा अघि कोशी प्रदेश माङ्सेबुङ्ग गाउपालिका गजुरमुखी खोलाधाम देनपा- ५ इलामका बाढी पिडितलाई १ लाख १५ पन्ध्र हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्न पुगेको थियो भने त्यस अघि पनि थुप्रै विद्यालय, अनाथलय, बाढीपहिरो पीडित, हस्पिटल निर्माण लगायतका कामहरुमा पनि खुलेर सहयोग गर्दै आएको छ ।

सद्भावका अध्यक्ष विजय गुरुङले कार्यक्रम सम्पन्न गर्न सहजीकरण गरिदिने बिद्यालयका प्रधानाध्यापक धर्मा ऐर भण्डारी, विद्यालय व्यवस्थापन समिति एवं विद्यालय परिवार, नृत्य प्रस्तुत गरि कार्यक्रमलाई अझै आकर्षक बनाइदिने स्कुलका छात्राहरु तथा कुशल कार्यक्रम सन्चालन गरि सहयोग गर्ने विद्यालयका शिक्षक चन्द्रकान्त पन्तप्रति विशेष आभार व्यक्त गरेका छन भने गुरुङले एउटा सामुदायिक विद्यालयको विद्यार्थीलाई थोरै राहत पुर्याउने उद्देश्यको साथ कार्यक्रमको खाका तयार पारेर अथक मेहनत गरी त्यहाँ सम्म पुगेर शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गर्न खटेर सद्भाव युवा समाज कतारका प्रतिनिधित्व गर्दिने राम बहादुर चुनारलाई विशेष धन्यवाद दिएका छन् ।
त्यस्तै कार्यक्रमको ब्यबस्थापनमा भुमिका निर्वाह गरिदिने ऐर फिटनेस सेन्टरका संचालक तथा युवा समाजसेवी रमेश ऐर र सागर जोशीको साथै सद्भाव युवा समाजका शुभेच्छुकहरु लगायत सिङ्गो टिम र आफ्नो निमन्त्रणालाई सहर्ष स्विकार्दै कार्यक्रममा उपस्थिति हुने सम्पुर्णप्रति पनि सद्भाव युवा समाज कतार परिवारले कृतज्ञता व्यक्त गरेका छन् ।





प्रतिक्रया दिनुहोस्