राष्ट्रपतिद्वारा तीन दलका शीर्ष नेतासँग छलफल आह्वान

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाउनुभएको छ।

राष्ट्रपति पौडेलले मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छलफलका लागि आमन्त्रण गर्नुभएको हो।

राष्ट्रपति कार्यालयले सुरुमा देउवा र ओलीलाई मात्र बोलाइएको जानकारी दिएको थियो। तर पछि तीनै जना नेता छलफलमा सहभागी हुने तय भएको जनाएको छ।

छलफल मंगलबार दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा हुने बताइएको छ। फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन र सरकारले सिफारिस गरेको निर्वाचनसम्बन्धी कानुन संशोधनका विषयमा भेटमा छलफल हुने जनाइएको छ।

निर्वाचनको भविष्यलाई लिएर विभिन्न आशंका उठिरहेका बेला राष्ट्रपतिसहित तीन प्रमुख दलका शीर्ष नेताबीच हुन लागेको यो भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।

nepalijanatakhabar

समबन्धित समाचार