काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट भागेर ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्।
फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट नियन्त्रणमा लिएको हो। उनलाई पक्राउ गरी काठमाडौं ल्याइसकिएको नेपाल प्रहरीका एसएसपी रमेश बस्नेतले जानकारी दिएका छन्।
घटना १३ असोजमा भएको हो। मकवानपुर घर भई मनमैजुमा बस्दै आएका २५ वर्षीय तामाङलाई फरार कैदी मगरले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि वीर अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। प्रारम्भिक अनुसन्धानअनुसार पुरानो रिसइबीका कारण हत्या भएको हुन सक्ने प्रहरीको भनाइ छ।
लुटपाट तथा डकैतीको अभियोगमा कारागार चलान भएका मगर २४ भदौमा जेन–जीको आन्दोलनका क्रममा कारागारमा तोडफोड गर्दै फरार भएका थिए। हत्यापछि उनी लुकिछिपी बस्दै आएका थिए।
घटनास्थल आसपासका सीसीटीभी फुटेज, प्राविधिक तथा म्यानुअल अनुसन्धानबाट हत्यामा मगरको संलग्नता पुष्टि भएपछि प्रहरीले उनलाई पक्राउ गरेको




प्रतिक्रया दिनुहोस्