दोहा,कतार- संखुवासभा समाज कतारले सडक दुर्घटनामा ज्यान गुमाएका अनिल तामाङको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
समाजले मानवीय संवेदना र सामाजिक उत्तरदायित्व लाई आत्मसात गर्दै गत मंसिर २८ गते आइतबार सडक दुर्घटनामा परि ज्यान गुमाएका संखुवासभा जिल्ला चैनपुर वडा नम्बर ९ खाम्लिङ निवासी अनिल तामाङको परिवारलाई आर्थिक सहयोग गरेको हो । तामाङ रोजगारीको सिलसिलामा केही समयदेखी काठमाडौंमा बस्दै आएका थिए ।

मृतक तामाङको चार जना स-साना नाबालक सन्तान छन । परिवारको मुख्य कमाउने मान्छेको नै दुर्घटनामा परि असामयिक निधन भए पछि आर्थिक संकट तथा मानसिक तनावमा परेका कलिला बालबालिकाहरुको अवस्था लाई मध्यनजर गर्दै पीडित परिवारको दुःखमा केहि हदसम्म भए पनि साहस र हौसला प्रदान गर्ने उद्देश्यको साथ संखुवासभा समाज कतार परिवारले चैनपुर नगरपालिका ९ का वडा अध्यक्ष शान्ति बहादुर कार्की मार्फत नेपाली रुपैयाँ १ लाख २० हजार मृतककी धर्मपत्नी श्रीमती सज्ज माया तामाङलाई हस्तान्तरण गरेको हो ।
संखुवासभा समाज कतारले विगतका दिनहरूमा पनि विभिन्न आपतविपत तथा दुःखद परिस्थितिमा परेका जिल्लावासी तथा नेपाली समुदायका परिवारहरू लाई निरन्तर सहयोग गर्दै आइरहेको छ भने समाजले स्वर्गीय अनिल तामाङको मृत आत्माको चिर शान्तिको कामना गर्दै समवेदना समेत प्रकट गरेको छ । संखुवासभा समाज कतारले दुःखको समयमा पीडित परिवारको सहारा बन्दै सामाजिक एकता, सहकार्य र मानवीय भावना नै समाजको सबैभन्दा ठूलो शक्ति हो भन्ने सन्देश प्रबाह गरेको छ।




प्रतिक्रया दिनुहोस्