गायक चन्द्र वि.सीको अर्को मौलिक लोक कोसेली “बोले हुनी हो” सार्वजनिक…..

वायु प्रधुशन
nepalijanatakhaba

दोहा,कतार- नेपाली लोकगीत सङ्गीतमा निरन्तर लागि रहेका पश्चिम नेपाल तनहुँका लोक तथा दोहोरी गायक चन्द्र वि.सीले आफ्नो अर्को मौलिक लोक कोसेली “बोले हुनी हो” सार्वजनिक गरेका छन ।

गायक वि.सी आफै, दिवान किनार र अमित परियारले मिलेर सिर्जना गरेका शब्दलाई अमित परियारले सङ्गीत भरेका हुन भने एरेन्जर सागर बिरहीले सङ्गीत समायोजन गरि अझै धेरै फुलबुट्टा भरेका हुन । गीतमा गायक वि.सी र यमसागर वि.क सङ्गै लोकप्रिय गायिका सरिता सुनारले लोभलाग्दो आवाज भरेकी छिन । त्रिवेणी डिजिटल रेकर्डिङ स्टुडियोमा राजकुमार बगरले रेकर्ड, मिक्सिङ र मास्टरिङ सम्म गरेको उक्त गीत हिजो मात्रै साङ्गीतिक आकाशमा सार्वजनिक भएको हो ।

दिवान किनार नामक युटुब च्यानल मार्फत सार्वजनिक भएको गीतमा वि.सी आफैले निर्देशन गरेका छन भने कोरियोग्राफी सर्जन थापा मगर र पुरन नेपालीले गरेका छन । गाउँले परिवेश परम्परागत शैली र झ्याउरे भाकाको समिश्रणमा बनेको गीतको भिडियोमा नव निर्देशक सम्म बनेका वि.सीले सनम आले मगर, सुशिला थापा मगर, बालकृष्ण थापा मगर, विकाश थापा, स्पन्दन श्रेष्ठ लगायत एक दर्जन भन्दा धेरै कलाकारहरु लाई निकै आकर्षक तरिकाले प्रस्तुत गराएका छन ।

विरेन्द्र परियारले छायांकन गरेका गीतका उत्कृष्ट अनि आकर्षक दृश्यहरुलाई सुजन कोइरालाले सम्पादन एवं कलर गरेका हुन भने गीतको निर्माता तारा कुमार श्रेष्ठ हुन । पारिवारिक वातावरणमा अत्यन्तै साधारण सभ्य र उत्कृष्ट भिडियो निर्माणमा बनेको एउटा अर्को नेपाली मौलिकपन झल्काउने गीत “बोले हुनी हो” करोडौं दर्शकरुको नजरमा परोस् हाम्रो तर्फबाट सफलताको शुभकामना ।

गीत हेर्न तल दिइएको लिङ्कमा क्लिक गर्न सक्नु हुनेछ ।

👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️

nepalijanatakhabar

समबन्धित समाचार