(रास्वपा) का वरिष्ठ नेता बालेन शाह चुनावी माहोललाई तातो बनाउँदै यतिबेला मधेश प्रदेशको भ्रमणमा पुगे

वायु प्रधुशन
nepalijanatakhaba

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह चुनावी माहोललाई तातो बनाउँदै पार्टीका उम्मेदवारहरूको मनोबल बढाउन यतिबेला मधेश प्रदेशको भ्रमणमा छन्। बुधबार उनले सर्लाही र रौतहटका विभिन्न स्थानमा रोड शो गर्दै बाराको निजगढ पुगेका हुन्।

भ्रमणको क्रममा शाहले बुधबार बिहान सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा भव्य रोड शो गरेका थिए। यस क्षेत्रमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र रास्वपाबाट अमरेश कुमार सिंह चुनावी प्रतिस्पर्धामा छन्। शाह बिहान लालबन्दीबाट नवलपुर हुँदै सदरमुकाम मलंगवा पुगेका थिए भने त्यहाँबाट हुलाकी राजमार्ग हुँदै क्षेत्र नम्बर ४ प्रवेश गरेका थिए।

सर्लाहीबाट रौतहट प्रवेश गर्दा बालेन शाहलाई पार्टी कार्यकर्ता र सर्वसाधारणले उत्साहपूर्वक स्वागत गरे। गरुडा र चन्द्रनिगाहपुरमा समर्थकहरू रास्वपाको झन्डा र फूलमालासहित स्वागतका लागि सडकमा उत्रिएका थिए।

यसैबीच, चन्द्रनिगाहपुरमा भएको भीडको फाइदा उठाउँदै एक समर्थकको सुनको सिक्री चोरी भएको गुनासो पनि आएको छ। रोड शोका क्रममा शाहले गाडीबाटै हात हल्लाउँदै समर्थकहरूको अभिवादन स्वीकार गरे, तर कुनै औपचारिक सम्बोधन भने गरेनन्।

रौतहटमा घन्टी बजाउँदै रोड शो समापन गरेपछि शाह बाराको निजगढतर्फ प्रस्थान गरेका छन्। निर्धारित कार्यक्रमअनुसार उनी निजगढबाट कलैया हुँदै आजै पर्साको वीरगन्ज

nepalijanatakhabar

समबन्धित समाचार