दोहा,कतार- विश्वकर्मा समाज कतारले आयोजना गरेको रमाइलो वनभोज तथा भेटघाट कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
शुक्रबार समाजका अध्यक्ष दिपक विश्वकर्माको सभापतित्व, दलित एकता संजाल कतारका अध्यक्ष प्रकाश बिश्वकर्माको प्रमुख आतिथ्यता र कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, बुद्धिजीवी, समाजसेवी, सामाजिक अभियान्ता, व्यवसायीहरु, कलाकार, पत्रकार एवं दोहामा बस्दै आएका नेपालीहरुको बाक्लो उपस्थितिमा समाल रोडको ६६ नम्बर बृज नजिकै रहेको मजरामा कार्यक्रम सम्पन्न भएको हो ।

दिउँसो करिब २ बजे व्यानर अनावरण गरि राष्ट्रिय गान बजाएर औपचारिक रुपमा सुरु भएको कार्यक्रममा समाजका बरिस्ठ उपाध्यक्ष पिताम्बर विश्वकर्माले उपस्थित सम्पुर्णलाई सम्बोधन गर्दै स्वागत मन्तव्य राखेका थिए भने नृत्यङ्गाना कलाकार अस्मिता विश्वकर्माले हामी नेपाली हाम्रो नेपाल बोलको देश भक्ति गीतमा स्वागत नृत्य प्रस्तुति गरेकी थिइन ।
भाषण रहित नितान्त साङ्गीतिक प्रस्तुतिहरु मात्र राखिएको कार्यक्रममा समुदाय भित्रकै कलाकारहरु रेश्मी सेन्चुरी, बाबू कौशल, अनिता परियार, सोम बिश्वकर्मा, अनिता सोनी, पुकार थापा, कृष्ण दर्लामी, देव विश्वकर्मा, सन्तोष विश्वकर्मा, राजन परियार लगायतले आ-आफ्नो गायन तथा नृत्य प्रस्तुति मार्फत उपस्थित सबै अतिथि र दर्शकहरु लाई नचाउदै माहोल अत्यन्तै सङ्गीतमय बनाइ दिएका थिए ।

दर्शकहरुको मनोरञ्जनको लागि कार्यक्रमको मध्यस्त तिर क्युज कार्यक्रम र दलित आपतकालीन कोषको स्थापनार्थ भाग्यशाली चिट्ठा कार्यक्रम समावेश गरिएको थियो । जस्मा भाग्यशाली चिट्ठाको पहिलो पुरस्कार दिपक नेपालीले जित्ने सफल भएका थिए भने कलाकार तथा पत्रकार सम्मान कार्यक्रम सबै तयारी भएर पनि समय अभावको कारण गर्न नसकेको जानकारी गराउदै अर्को एउटा कार्यक्रमको आयोजना गरि सम्मान गर्ने आयोजक समितिले बताएका छन ।
कार्यक्रममा सम्पुर्ण दलित समुदाय एक हौं र सधैं एक हुनेछौं भन्ने सन्देश प्रबाह गर्न परियार मित्रता समाज कतारले कोसेली प्रदान गरेर विश्वकर्मा समाज सङ्गको सम्बन्ध अझै धेरै प्रगाढ भएको महसुस गराएको थियो भने कोसेली प्रदान गर्ने समयमा परियार मित्रता समाजकै बाजाका टोलिले नेपाली पन्चेबाजा बजाएर भव्य रुपमा खुशी साटासाट गरेका थिए ।

प्रमुख अतिथि प्रकाश विश्वकर्माले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा दलित समुदाय भित्रै रहेको विभेदको खाडल पुरेर एकले अर्कोलाई स्वीकारेर अघि बढ्न सके मात्र सिङ्गो दलित समुदाय आफ्नो लक्ष्यमा पुन सक्ने धारणा व्यक्त गरे । विश्वकर्माले दलित समुदायले अरुलाई दोषी देखाउनु भन्दा पहिला खुट्टा नकमाई समुदाय भित्रका सामाजिक अभियान्ता, कलाकार, पत्रकार, बुद्धिजीवी, व्यवसायीहरु सबै एक भएर आ-आफ्नो ठाउँबाट बुलन्द आवाज उठाउदै जस्तो सुकै परिस्थिति सङ्ग जुध्न तयार रहनु पर्ने बताए ।

समाजका महासचिव दिपक कुमार वि.कले सहजीकरण गरेका कार्यक्रमको अन्तमा सभापति दिपक विश्वकर्माले कार्यक्रम अत्यन्तै सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै कार्यक्रम सफल बनाउनको निमित्त अहोरात्र खट्ने कार्यसमिति टिम, सहयोगी दाता, मिडियाकर्मी, कलाकारहरु, उपस्थित सम्पुर्ण अतिथि र दर्शकहरु प्रती धन्यवाद एवं आभार प्रकट गर्दै कार्यक्रम सम्पन्न गरेका थिए भने कार्यक्रमको बारेमा कार्यक्रम संयोजक डोरेन्द्र विश्वकर्माले प्रस्ट पारेका थिए ।





प्रतिक्रया दिनुहोस्