कतारमा कन्दरा ब्याण्डको साङ्गीतिक प्रस्तुति हुने…..

वायु प्रधुशन
nepalijanatakhaba

दोहा कतार- नेपालमा स्थापित विभिन्न साङ्गीतिक ब्याण्डहरु मध्यको एउटा पुरानो र लोकप्रिय ब्यान्डको रुपमा परिचीत ब्याण्ड हो कन्दरा यतिबेला त्यही लोकप्रिय ब्याण्ड आफ्नो साङ्गीतिक प्रस्तुतिको लागि कतार आइपुगेको छ ।

बिगत ३ दशक लामो साङ्गीतिक यात्रा पुरा गरिसकेको कन्दरा ब्यान्ड यो पटक ब्याण्ड स्थापना भएको ३२औं वर्ष पूरा भएको अवसरमा खुशी साट्दै “पहिला घरदेश, अनि परदेश” भन्ने मुल नारा सहित बिश्व साङ्गीतिक यात्रामा छ सोही क्रममा बेलायतको कार्यक्रम सकेर गत बुधबार बिहान कतार आइ पुगेको ब्याण्डले आउने शुक्रबार अर्थात १७ जनवरी साँझ ‘प्लानेट लन्ज एन्ड क्लब’ मा प्रस्तुति दिने कार्यक्रम तय भएको कार्यक्रम संयोजक रोशन अर्यालले बताएका छन ।

ब्यान्डले तिमी पारी, चन्चले कान्छी, लेककी हे माया, हङकङ पोखरा, तगारोमा रुमाल’ लगायतका गीतहरु प्रस्तुत गर्नेछन । कन्दराले आत्मसात गरेको लोक पप धुनहरू आज पनि लाखौं शुभचिन्तक र दर्शकको रोजाइमा पर्ने भएकोले नेपाली संगीत धरोहरको रूपमा रहेको कन्दरा ब्यान्ड सङ्गको यस ऐतिहासिक साँझको हिस्सा बनी नेपाली गीत सङ्गीतको प्रवर्द्धनमा सरिक बन्न क्लबका सञ्चालक प्रविन गुरुङले सबैलाई अनुरोध गरेका छन ।

कार्यक्रम संयोजक अर्यालको अनुसार कार्यक्रममा सहभागी हुन प्रवेश शुल्क वापत भिआइपी १००, पुरुष ७० र महिलाका लागि ३५ कतारी रियाल लाग्नेछ भने भिआइपी टेबलका लागि पूर्व बुकिङ समेत खुल्ला गरिएको र पूर्व बुकिङ गर्नेका लागि विशेष छुटको व्यवस्था रहेको छ । दोहाको मुटु मुग्लिनामा रहेको भिआइपी होटेलको मीजाइनिन फ्लोरमा रहेको क्लबमा कन्दराको प्रस्तुति सुरु हुनु पूर्व इन हाउस ब्यान्ड ‘मुन वाकर्स’ को धमाकेदार प्रस्तुति रहने समय तालिका रहनुको साथै कार्यक्रमका लागि क्लबको ढोका साँझ ६ बजेबाट खुल्ने र ८ बजेबाट कन्दराले आफ्नो सांगीतिक प्रस्तुति सुरु गर्ने जानकारी गराएका छन ।

ब्यान्डलाई बुधबार बिहानै दोहामा रहेको हामद अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर कार्यक्रम संयोजक रोशन अर्याल सहित सञ्चारकर्मी तथा अन्य व्यक्तित्वहरूले भव्य स्वागत गरेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

nepalijanatakhabar

समबन्धित समाचार