दोहा कतार- पछिल्लो समय नेपाली गीत सङ्गीतको बजारमा फरक-फरक धारका सिर्जनाहरु सार्वजनिक हुने गरेका छन । को नयाँ को पुराना सबैलाई एक ठाउँमा राखेर मुल्यांकन गर्ने हो भने प्रतिस्पर्धात्मक रुपमा सार्वजनिक भएका गीतहरू नेपाली मौलिकपनलाई भन्दा बढी चर्चा र भियोर्सको लागि बनेका हुन जस्तो लाग्नु स्वभाविक हो ।
तर नेपाली गीत सङ्गीतको क्षेत्रमा यस्ता पनि श्रष्टा सर्जकहरु छन जसका गितहरु हर समय मन मस्तिष्कमा गुन्जिरहन्छन । हो यतिबेला एस एण्ड एस को प्रस्तुतिमा गायिका सुनिता सुनारको यस्तै सभ्य सिर्जना “लाउलि सानू बम्बैको सारी” बोलको लोक दोहोरी गीत विश्व साङ्गीतिक आकाशमा सार्बजनिक भएको छोटो समयमै चर्चाको शिखरमा पुगेको छ । हरि गिरी विमर्षीको शब्द सङ्गीतमा हरि गिरी विमर्षी र सुनिता आफैले आवाज भरेको गीत “SUNITA SUNAR” नामको युटुब च्यानल मार्फत सोमबार मात्रै सार्वजनिक भएको हो ।
वान डिवी एचडी रेकर्डिङ स्टुडियोमा रेकर्डिस्ट राज खड्काले रेकर्ड गरेको गीतको उत्कृष्ट एरेन्ज आकाश नेपालीले र मिक्सिङ तथा मास्टरिङ एच बि एन किस्मतले गरेका हुन भने गीतको भिडियोमा प्रभात पल ठकुरी र सन्चिता बोलाखी लुइँटेलको जोडिलाई कोरियोग्राफर तथा निर्देशक रामजी लामिछानेले आकर्षक तरिकाले नचाएका हुन । साथै भिडियमा देखिएका लोभलाग्दो दृश्यहरु छायांकन मान कृष्ण महर्जनले गरेका हुन । निर्देशक लामिछानेलाई सह-निर्देशकको भुमिकामा रहेर नृत्यमा टाइगर नम्गेल र अभिनयमा मणिक पाख्रीनले सघाएका छन ।
अहिलेका व्यस्त भिडियो सम्पादक बन्दे प्रसादले सम्पादन र राजेन्द्र मोक्तानले फुलबुट्टा (कलर) भरेका भिडियोमा गाउँले परिवेशमा हुर्किदै गरेको माया पिरतिको विषयमा एक जोडी प्रेमी प्रेमिकाले गरेको संवातलाई कलात्मक तरिकाबाट प्रस्तुत गरिएको देख्न सकिन्छ भने गत सोमबार सार्वजनिक भएको गीत यो समाचार बन्ने बेलासम्म ८९ हजार भन्दा धेरै दर्शकहरुले हेरिसकेका छन । गीतको निर्माता शम्सेर सुनार हुन।
भिडियो हेर्न तल दिइएको लिङ्कमा क्लिक गर्नुहोला ।
👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️
यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रिया दिनुहोस्