धादिङ सेवा समाज कतारले चर्चित गायक मिलन लामाको साथमा बृहत साँस्कृतिक नयाँ वर्ष धमाका कार्यक्रम गर्ने……

दोहा कतार- धादिङ सेवा समाज कतारले नेपाली नयाँ वर्षको अवसर पारेर आगामी अप्रिल ११ तारिख शुक्रबार बृहत साँस्कृतिक नयाँ वर्ष धमाका- २०२५ कार्यक्रम गर्ने भएको छ ।

“धादिङ सेवा समाज कतारको मूल मर्म, समाज सेवा नै हो मानवीय प्रमुख धर्म” भन्ने मूल नाराका साथ कतारमा सन्- २००१ मा स्थापना भएको धादिङ सेवा समाज कतारले पिछडिएको वर्ग मध्यको पनि अति पिछडिएको समुदायको रुपमा मानिने चेपाङ समुदायलाई सहयोग गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गर्न लागेको हो ।

उक्त कार्यक्रमलाई सफल बनाउनको निमित्त आफ्नो साङ्गीतिक प्रस्तुति रहने गरि नेपालबाट अतिथि कलाकारको रुपमा चर्चित राष्ट्रिय गायक मिलन लामा पनि कतार आउने भएका छन भने लामा सङ्गै दोहामा रहेर कलाकारितामा आफ्नो उच्च पहिचान बनाउन सफल कलाकारहरुको धमाकेदार साङ्गीतिक प्रस्तुतिहरु पनि रहने समाजका अध्यक्ष आयुष घलेले नेपाली जनता खबरलाई जानकारी गराएका छन ।

अध्यक्ष घलेले दोहाको मुन्ताजा पार्क नजिकै रहेको पियरलिङ सिजनल स्कुलको हलमा हुने कार्यक्रममा उपस्थितीको लागि कतारमा रहेका विभिन्न सामाजिक तथा बैचारिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, विशिष्ट व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, सामाजिक अभियान्ता, व्यवसायी, मिडियाकर्मी, पत्रकार, कलाकारहरु लगायत लाई पत्राचार गरि सकेको बताउदै कतारमा रहेका सम्पूर्ण नेपालीहरूलाई सहभागी भएर सभ्य भव्य रूपमा कार्यक्रम सफल पारिदिन पनि अनुरोध गरेका छन ।

कार्यक्रममा आउन जानको लागि कतारको विभिन्न ठाउँबाट नि:शुल्क यातायातको व्यवस्था पनि रहेको छ भने कार्यक्रमको बारेमा थप जानकारीको लागि अध्यक्ष आयुष घलेको मोबाइल नम्बर 30107068, महासचिव रामहरि श्रेष्ठ 3068 8282 र कार्यक्रम संयोजक गौतम तामाङलाई 3312 1644 मा सम्पर्क गर्न सकिने आयोजक समितिले बताएको छ ।

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

सम्बन्धित समाचार