साङ्गीतिक प्रस्तुतिको लागि कतार आइपुगे लोकप्रिय गायक मिलन लामा…….

वायु प्रधुशन
nepalijanatakhaba

दोहा कतार- धादिङ सेवा समाज कतारले आयोजना गरेको साङ्गीतिक कार्यक्रममा सहभागी हुन लोकप्रिय गायक मिलन लामा कतार आइपुगेका छन ।

समाजले नेपाली नयाँ वर्षको अवसर पारेर “चेपाङ समुदायको सहयोगार्थ” आयोजना गरेको नयाँ वर्ष धमाका तथा बृहत साँस्कृतिक कार्यक्रम २०८२ मा आफ्नो साङ्गीतिक प्रस्तुति राख्नको लागि नेपालबाट आमन्त्रित अतिथि कलाकार गायक लामा बुधबार बिहान दोहा आइपुगेका हुन भने लामालाई स्वागत गर्न कार्यक्रम संयोजक गौतम वाइबा तामाङ, संस्थाका संरक्षक कबिन्द्र कंडेल, विशेष सल्लाहकार धिरेन तामाङ, सल्लाहकारहरु बिकास दाहाल, सुबाश तामाङ, कृष्ण सुनार मोना कतारका बरिस्ठ उपाध्यक्ष देवी कंडेल लगायत विभिन्न संघ संस्थाका पदाधिकारी र संस्थाका केन्द्रिय सदस्यहरु हमद अन्तर्राष्ट्रिय विमान स्थलमा पुगेका थिए ।

आगामी शुक्रबार अर्थात ११ अप्रिल २०२५ को दिन मुन्ताजा पार्क नजिकै रहेको पियरलिङ सिजनल स्कुलको सभाहलमा हुने उक्त कार्यक्रममा उपस्थितीको लागि कतारमा रहेका विभिन्न सामाजिक तथा बैचारिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, विशिष्ट व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी सबैलाई पत्राचार गरि सक्नुको साथै कार्यक्रमको आवश्यक अन्तिम तयारी पनि पुरा भइसकेको बताउँदै उपस्थित भएर सभ्य भव्य रूपमा कार्यक्रम सफल पारिदिन सम्पुर्ण दोहाबासी नेपालीहरुलाई समाजका अध्यक्ष आयुष घलेले नेपाली जनता खबर मार्फत अनुरोध गरेका छन ।

गायक लामा सङ्गै दोहामा रहेका झन्डै २ दर्जन कलाकार हरुको साङ्गीतिक प्रस्तुतिहरु रहने कार्यक्रममा आउन जानको लागि कतारको विभिन्न ठाउँबाट नि:शुल्क यातायातको व्यवस्था रहेको छ भने कार्यक्रमको बारेमा बुझ्न र थप जानकारीको लागि अध्यक्ष आयुष घलेको मोबाइल नम्बर- ३०१०७०६८, महासचिव रामहरि श्रेष्ठ- ३०६८८२८२ र कार्यक्रम संयोजक गौतम तामाङ वाइबा- ३३१२१६४४ मा सम्पर्क गर्न सकिने आयोजक समितिले बताएको छ ।

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

nepalijanatakhabar

समबन्धित समाचार