दोहा कतार- चर्चित लोक दोहोरी गायक रेशम निर्दोष र गायिका सिम्रन परियार साङ्गीतिक प्रस्तुतिको लागि कतार आउने भएका छन ।
बागलुङ सेवा समाज कतारको संरक्षकत्वमा स्थापित बागलुङ सेवा समाज कतार बहुउद्देश्यीय अक्षयकोषको नेपालबाटै आमन्त्रित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा आगामी शुक्रबार १८ अप्रिलमा होटल होलिडे भिल्लाको सभाहलमा हुने प्रथम अधिबेशन तथा अक्षयकोष वृद्धि विशेष विविध साँस्कृतिक कार्यक्रममा आफ्नो साङ्गीतिक प्रस्तुति राख्नको लागि कलाकारद्वय निर्दोष र परियार कतार आउन लागेका हुन ।
मध्यान्ह १२ बजेबाट सुरु हुने कार्यक्रममा रेशम र सिम्रन सङ्गै कतारमा रहदै आएका कलाकारहरुको पनि साङ्गीतिक प्रस्तुति रहने कार्यक्रम संयोजक रमेश भट्टले जानकारी गराएका छन भने अक्षयकोषका लागि हालसम्म ४५ लाख भन्दा बढी रकम संकलन भइसकेको र यसलाई एक करोड पुर्याउने लक्ष्य सहित अभियान र अधिवेशनको तयारीलाई तीव्रता दिइएको अक्षयकोषका तदर्थ समितिका संयोजक सन्तोष पौडेलले बताए ।
उनले बागलुङ जिल्लाको कुनै बालबालिकाहरु आर्थिक अभावको कारणले शिक्षाबाट वञ्चित हुन नपरोस् र कुनै पनि नागरिक औषधि उपचारको अभावमा मृत्युवरण गर्न नपरोस् भन्ने मुख्य उद्देश्यको साथ कोष स्थापना गरिएको बताउदै निःशुल्क प्रवेश गर्न सकिने कार्यक्रममा उपस्थित भएर अधिवेशन सफल बनाइदिन सम्पुर्ण दोहाबासी नेपालीहरु लाई अनुरोध पनि गरेका छन् ।
यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रिया दिनुहोस्