नेपाल’को छैटौं सिजनको उपाधि धादिङका प्रशेष पाण्डेले जितेका छन्। शुक्रबार राति भएको ग्रान्ड फिनालेमा कोच खेम सेन्चुरीको टिमबाट प्रतिस्पर्धा गरेका प्रशेष विजेता बनेका हुन्।
खोटाङका रोशन राई कोच मेलिना राईको टिमबाट फस्ट रनरअप घोषित भए भने इलामका प्रमेश राई कोच राजु लामाको टिमबाट सेकेन्ड रनरअप बने। तेस्रो स्थानमा सिक्किमकी अर्पणा आचार्य परिन्, जो कोच उदय सोताङको टिमबाट प्रतिस्पर्धा गरेकी थिइन्।
विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायत अतिथिहरूले पुरस्कार प्रदान गरे।
फिनालेमा ‘भ्वाइस’ सिजन ३ का विजेता किरण गजमेरले आफ्नै मौलिक गीत र मेलिना राईसँग ‘छपक्कै फूल फुल्यो बाटोमै’ गीतमा धमाकेदार प्रस्तुति दिए। कोच राजु र प्रमेशले ‘बादलपारिको देशबाट’ गीतमा प्रस्तुति दिए भने कोच खेम र प्रशेषले ‘रम रम मरौटी’ गाए। कोच उदयले अर्पणासँग प्रस्तुति दिएका थिए। फिनालेमा पहिल्यै शोबाट बाहिरिएकी इन्द्रकला राईले पनि प्रस्तुति दिइन्।
२ महिनासम्म प्रसारणमा आएको यो सिजन निकै लोकप्रिय रह्यो। यसपटक लोकसंगीतलाई प्रतिनिधित्व गर्दै लोकगायक खेम सेन्चुरी पहिलोपटक कोचको भूमिकामा देखिएका थिए। साथै, यो सिजनमा सबैभन्दा धेरै ‘चार कुर्सी घुमाउने’ प्रतिस्पर्धीहरू पनि देखिए।
प्रतिक्रया दिनुहोस्