विशेष सांस्कृतिक कार्यक्रम सहित स्याङ्जा सहयोग समाज कतारले २० औं वार्षिकोत्सव मनाउने….

वायु प्रधुशन
nepalijanatakhaba

दोहा कतार – स्याङ्जा सहयोग समाज कतारले आफ्नो २०औं वार्षिकोत्सव तथा २१औं स्थापना दिवस मनाउने भएको छ।

समाजले आगामी १६ मई २०२५, शुक्रबारको दिन अल लुक्ता स्थित ट्युनिसियन स्कुलको सभाहलमा” अनाथ तथा असहाय बालबालिकाहरुको सहयोगार्थ” बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव तथा स्थापना दिवस मनाउने भएको हो ।

कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित लोकदोहोरी जगतका हस्तीहरु बहुचर्चित लोकदोहोरी गायक, मोडेल पशुपति शर्मा र नेपाली लोक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल लोक गायिका शर्मिला गुरुङका लोकप्रिय गीतहरू सुनेर सङ्गै रम्न अनि रमाउन पाइने छ भने नेपालबाटै आमन्त्रित अर्का लोकप्रिय कलाकार रामचन्द्र ढकालको साङ्गीतिक प्रस्तुति रहने छ । साथै रोजगारीको सिलसिलामा कतारमा रहँदै आएका प्रतिभावान कलाकारहरूले पनि आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाउने कार्यक्रम संयोजक शिवराम ढकालले बताएका छन ।

त्यस्तै बिहान ११:०० बजेदेखि सुरु हुने कार्यक्रममा नेपाली कला र संस्कृति झल्काउने मौलिक नौमती बाजाको प्रत्यक्ष प्रस्तुति, प्रत्यक्ष दोहोरी घम्साघम्सी पनि कार्यक्रमको विशेष आकर्षण रहनेछ, जहाँ पशुपति, शर्मिला र रामचन्द्रले दर्शकहरूलाई भरपुर मनोरञ्जन दिनेछन् भने उक्त कार्यक्रमको मुख्य प्रायोजक भिक्टोरिया गोल्ड एण्ड डाइमण्ड पसल रहेको छ । प्रायोजकहरूमा दोहा पुल्स एण्ड ल्यान्डस्केप, नेपाल एयरलाइन्स र ताली रेस्टुरेन्ट रहेका छन् ।

समाजले कतारमा रहेका सम्पूर्ण स्याङ्जावासी तथा गैर-स्याङ्जावासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन र अनाथ तथा असहाय बालबालिकाको सहयोगार्थ आयोजित यस पुण्य कार्यमा सहयोग गरिदिन अनुरोध गर्दै कतारमा स्थापित विभिन्न संघसंस्था, बैचारिक संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, पत्रकार, कलाकार लगायत सम्पूर्णलाई उपस्थितिको लागि विशेष निमन्त्रणा गरिसकेको बताएको छ ।

कार्यक्रमले मनोरञ्जन प्रदान गर्नुका साथै सामाजिक सेवाको भावनालाई अझ बलियो बनाउने विश्वास लिइएको छ भने दर्शकहरुको सुबिधाको लागि विभिन्न ठाउँबाट यातायातको पनि व्यवस्था रहेको छ। कार्यक्रमको टिकट कतारमा रहेका नेपाली रेस्टुरेन्टहरूमा उपलब्ध छन ।

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

nepalijanatakhabar

समबन्धित समाचार