चर्चित गायिका शान्तारानी परियारले गाएको तिज गीत “कोहि चाहियो” सार्वजनिक….

वायु प्रधुशन
nepalijanatakhaba

दोहा,कतार- चर्चित लोक तथा दोहोरी गायिका शान्तारानी परियारले गाएको तिज गीत कोहि चाहियो सार्वजनिक भएको छ ।

नेपाली नारीहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा विभिन्न खालका तिज विशेष गीतहरु सङ्गीतहरु साङ्गीतिक बजारमा सुन्न अनि हेर्न पाइन्छ । बजारमा सार्वजनिक भएका सयौं गीतहरु मध्य कुनै गीत अपेक्षित दर्शक नपाएर गुमनाम नै हुन्छन् भने कुनैले केही घन्टामै लाखौं दर्शक पाउने गरेका छन ।

यसै सन्दर्भमा यतिबेला बिश्व साङ्गीतिक बजारमा चर्चित लोक तथा दोहोरी गायिका शान्तारानी परियारले गाएको तिजकै सेरोफेरोलाई समेटेर तयार पारिएको गीत कोहि चाहियोले भने उत्साह जनक दर्शक पाएको छ । प्रमोद भुसालको शब्द सङ्गीतलाई कृष्ण बाजुरालीले सङ्गीत समायोजन गरेका उक्त गीतलाई द म्युजिक इरामा कृष्ण बाजुराली आफैले रेकर्ड, मिक्सिङ, मास्टरिङ गरेका हुन ।

बाबा इन्टरटेन्मेन्ट युटुब च्यानल मार्फत बिहीबार साँझ सार्वजनिक भएको गीतको भिडियोमा निर्देशक प्रविन थापाले चर्चित मोडल संचिता बुलाखे र मोडेल प्रदिप भुसाल लाई दमदार नृत्य सङ्गै उत्कृष्ट अभिनय गराएका छन । गीतमा देखिएका आकर्षक दृश्यहरु राजेश घिमिरेले छायांकन र अहिलेका व्यस्त भिडियो सम्पादक अमृत चापागाईंले कलर तथा सम्पादन गरेका हुन ।

भिडियोमा हुर्किदै गरेकी एउटी जवान केटीले तिजमा व्रत बसेर भगवान शिवको आराधना गरे आफुले सोचेजस्तो जिवनसाथी पाइन्छ भन्ने प्राचीन बिश्वासलाई निकै कलात्मक रूपमा सङ्गीतको शब्दजालमा बुनेर आधुनिक शैलीमा उतार्न खोजिएको छ भने गीतले सार्बजनिक भएको छोटो समयमै युटुब, टिकटोक, इस्टाग्राम, फेसबुक रिल लगायतका सामाजिक संजालहरुमा हेर्ने हेर्ने दर्शकको राम्रो प्रतिक्रिया पनि पाएको छ ।

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला हामी तपाईंको अमुल्य कमेन्टलाई सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

nepalijanatakhabar

समबन्धित समाचार