मलेसिया : गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले मलका राज्यमा पनि क्षेत्रीय समिति गठन गर्ने भएको छ। यसका लागि आउँदो २०२५ जुलाई १३ तारिख, आइतबार अधिवेशन आयोजना गरिने तय भएको छ।
अधिवेशन सफल बनाउन र सबैको सक्रिय सहभागिता सुनिश्चित गर्न आयोजक समितिले मलकामा बसोबास गर्ने नेपाली व्यवसायी, खेलाडी, समाजसेवी, कलाकार, पत्रकार लगायत सबैलाई निमन्त्रणा गरिने भएको छ भनी एनआरएनए राष्ट्रिय समन्वय परिषद् मलेसियाका सचिव विष्णु प्रसाद बरालले जानकारी दिएका छन्।
बरालका अनुसार नयाँ कार्य समितिमा सहभागी हुन चाहने इच्छुकले अनिवार्य रूपमा पञ्जीकृत सदस्यता लिनुपर्नेछ। केवल पञ्जीकृत सदस्यहरू मात्र नयाँ कार्य समितिमा उम्मेदवार बन्न सक्नेछन्।
अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुका साथै स्थानीय नेपाली समुदायलाई सामाजिक तथा आर्थिक रूपमा एक ठाउँमा जोड्ने उद्देश्य राखिएको पनि उनले बताए।
अहिले उम्मेदवारी खुला भइसकेको र कार्यक्रमलाई भव्य बनाउन तयारी तीव्र रुपमा भइरहेको एनआरएनए राष्ट्रिय समन्वय परिषद् मलेसियाका सदस्य उमेश महतोले नेपाली जनता खबर डटकमलाई जानकारी गराए।
प्रतिक्रया दिनुहोस्