क्वालालम्पुर, १४ सेप्टेम्बर २०२५ — हेल्प मधेसी मलेसियाको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रम भव्य रूपमा मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न भयो। “तन, मन, धन स!” भन्ने नारासहित आयोजना गरिएको यस कार्यक्रममा प्रवासी नेपाली मधेसी समुदायबीचको एकता, सहयोग र सेवाको भावना प्रकट भएको थियो।
कार्यक्रममा मलेसियास्थित नेपाली समाजका अगुवा, बुद्धिजीवी, संघसंस्थाका प्रतिनिधि, मिडिया पार्टनर तथा अन्य विशिष्ट अतिथिहरूको उल्लेखनीय सहभागिता रह्यो।
समारोहका मुख्य आकर्षण
प्रवासी समुदायको योगदानको कदर गर्दै विभिन्न व्यक्तिलाई सम्मान हेल्प मधेसी मलेसियाको आगामी योजना र नयाँ नेतृत्व चयन सांस्कृतिक प्रस्तुति तथा मधेसी परम्पराको झल्को दिने कार्यक्रम
आयोजक हेल्प मधेसी मलेसिया केन्द्रीय कार्यसमिति का अनुसार, यस अधिवेशनले प्रवासी मधेसीहरूको आवाज अझ सशक्त बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। मिडिया पार्टनरमार्फत कार्यक्रमको प्रत्यक्ष प्रसारणसमेत गरिएको थियो।
संस्थाले आगामी दिनमा सामाजिक सेवा, आपतकालीन सहयोग र समुदाय सशक्तीकरणका अभियानहरू अझ व्यापक रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
नयाँ निर्वाचित पदाधिकारी र कार्यसमिति
संस्थापक अध्यक्ष : दिपक मण्डल संरक्षक : उदय महतो द्वितीय संरक्षक : उदय ना. मण्डल अध्यक्ष : प्रमोद कुमार महतो वरिष्ठ उपाध्यक्ष : सुरेन्द्र महतो द्वितीय उपाध्यक्ष : संजिव यादव महासचिव : सन्तोष महतो सचिव : तुलाराम मण्डल सह–सचिव : फुलगेन महतो कोषाध्यक्ष : जयप्रकाश साह सह–कोषाध्यक्ष : रामनारायण मण्डल मिडिया रिपोर्टर : देव ना. महतो वरिष्ठ सल्लाहकार : बेचन मण्डल सल्लाहकार : बसन्त मण्डल, राजेन्द्र यादव, राम उदगार यादव सदस्यहरू : रामबहादुर महतो, आनन्देव मण्डल, पशुपति ठाकुर
शाखा अध्यक्षहरू
जोहोर : आनन्द साह सेरेम्बान : सूर्यनारायण यादव केए ल : पवन कुमार महतो
प्रतिक्रया दिनुहोस्