ल्होछार कार्यक्रमका लागि कलाकार आइपुगे, घेदुङ मलेसियाद्वारा भव्य स्वागत

वायु प्रधुशन
nepalijanatakhaba

मलेसिया: तामाङ समुदायको नयाँ वर्ष ल्होछारलाई भव्य रूपमा मनाउने तयारीस्वरूप नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको क्षेत्रीय कार्यसमिति जोहोरबारुले नेपालबाट आमन्त्रित कलाकारद्वय सुमिना लो तामाङ र बैरागी मोक्तानलाई मलेसियाको विमानस्थलमा स्वागत गरेको छ।

नेपाल तामाङ घेदुङ मलेसिया क्षेत्रीय समिति, जोहोरबारुको आयोजनामा मञ्जुश्री संवत् २८६२ औँ ता–ल्हो सोनाम ल्होछारको अवसरमा भव्य सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दैै छ भने। कार्यक्रम आउँदो २०२६ जनवरी १८ तारिख आइतबारका गर्ने भएकोे हो ।

कलाकारद्वयको आगमनमा घेदुङ मलेसियाका अध्यक्ष विक्रम वाइबा तामाङ, महिला उपाध्यक्ष तथा नेपाल तामाङ घेदुङ मलेसिया क्षेत्रीय कार्यसमिति जोहोरकी सल्लाहकार सम्झना तामाङ, महासचिव सविन लोप्चन तामाङ, सचिव संजिव स्याङ्बो तामाङ, क्षेत्रीय जोहोर उपाध्यक्ष खेमराज तामाङ, कोषाध्यक्ष सुशील लोप्चन, युवा संयोजक भिम घलानलगायतको टोलीले विमानस्थलमै स्वागत तथा सम्मान गरेको हो।

 

nepalijanatakhabar

समबन्धित समाचार