स्वर्गीय जीवन मगरको स्मृतिमा दोस्रो सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता २०२६ आयोजना हुने भएको छ।

वायु प्रधुशन
nepalijanatakhaba

मलेसियाको मलक्का राज्यमा रहेको सगरमाथा युवा क्लबले स्वर्गीय जीवन मगरको सम्झनामा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो।

 

क्लबका अध्यक्ष प्रदीप बोहोराले हिरोनेपाल टिभीसँग कुरा गर्दै प्रतियोगिता आगामी मे ३१ र जुन १, २०२६ मा सञ्चालन हुने जानकारी दिनुभयो।

 

प्रतियोगितामा मलक्का भित्रका ६ टिम र बाहिरका ६ टिम गरी कुल १२ टिम सहभागी हुनेछन्। सहभागी खेलाडीहरू अनिवार्य रूपमा नेपाली नागरिक हुनुपर्ने प्रावधान राखिएको छ।

 

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ३,०१,००० सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद रु १,५१,००० सहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछ।

 

यस प्रतियोगितामार्फत मलेसियामा रहेका नेपाली समुदायबीच खेलकुदको माध्यमबाट आपसी सद्भाव, एकता र प्रतिभा प्रदर्शन गर्ने अवसर मिल्ने आयोजकको विश्वास रहेको छ।

nepalijanatakhabar

समबन्धित समाचार