सप्तकोशीको बिच टापुमा लुकाई राखेको ४ सय ७५ केजी गाँजा गर्यो बरामद

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौँ । सप्तकोशी नदीको बीच टापुबाट सशस्त्र प्रहरीले करिब ४ सय ७५ किलो गाँजा बरामद गरेको छ।

 

सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र उदयपुरको बेलका नगरपालिका–८ अन्तर्गत पर्ने सप्तकोशीको बीच टापुमा १६ वटा बोरामा अवैध रूपमा लुकाइछिपाइ राखिएको गाँजा सोमबार बरामद गरिएको हो।

 

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस चतराबाट सशस्त्र प्रहरी निरीक्षक मेघराज राउत तथा सुरक्षा बेस रामपुरबाट सशस्त्र प्रहरी निरीक्षक राजविक्रम खड्काको कमाण्डमा खटिएको टोलीले उक्त गाँजा फेला पारेको हो।

 

बीच टापुमा गाँजा राखिएको स्थानसम्म पुग्न कठिन भएकाले सशस्त्र प्रहरीले र्‍याप्ट बोट प्रयोग गरेर गाँजा नदीपारि ल्याएको थियो।

 

बरामद गरिएको गाँजा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता विष्णु प्रसाद भट्टले जानकारी दिएका छन्। यो समाचार रातोपाटीमा प्रकाशित छ।

nepalijanatakhabar

समबन्धित समाचार