काठमाडौं । गायक अनिस लिम्बू र शान्ती श्री परियारको स्वरमा रहेको “छल गर्यो मायाले” बोलको नयाँ गीत सार्वजनिक भएको छ।
हालै सार्वजनिक गरिएको उक्त गीतमा वास्तविक जीवनशैलीमा आधारित गहिरो माया–प्रेमका भाव प्रस्तुत गरिएको छ। लेकबेँसी, गैरी खेत तथा धान–गहुँ काट्ने ग्रामीण परिवेशमा हुर्किने प्रेमलाई गीतको म्युजिक भिडियोमार्फत आकर्षक ढंगले देखाउन खोजिएको छ।
गीतमा अनिस लिम्बू र शान्ती श्री परियारको सुमधुर स्वर रहेको छ भने शब्द तथा संगीत मनिपाल राईले सिर्जना गरेका हुन्।
भिडियोमा चर्चित सिरियल ‘जुठे’ की अभिनेत्री जुनकिरी मैया साव (सरीता ढुङ्गाना) र अर्जुन खड्काको मुख्य अभिनय तथा नृत्य रहेको छ।
भिडियोलाई अझ आकर्षक बनाउन लोकेसन र कोरसलाई विशेष प्राथमिकता दिइएको छ। विशाल थापाले छायांकन गरेको भिडियो अर्जुन खड्काले सम्पादन गरेका हुन्।
खगेन्द्र गिरीको कोरियोग्राफी रहेको भिडियो विजय मगरले निर्देशन गरेका छन्।
भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस्।




प्रतिक्रया दिनुहोस्