नेपाली भाषा र साहित्यको संवर्द्धन नै भानुभक्तप्रतिको सच्चा सम्मान : सभामुख अर्याल

वायु प्रधुशन
nepalijanatakhaba

सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ।

 

सोमबार काठमाडौंमा आयोजित २१३औँ भानु जयन्ती समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल सम्झनामा सीमित नराखी, उहाँले देखाएको बाटोलाई आत्मसात गर्दै नेपाली भाषा र साहित्यलाई अझ समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो।

 

उहाँले आधुनिक प्रविधि, विश्वव्यापी प्रतिस्पर्धा र परिवर्तनशील सामाजिक संरचनाका बीच नेपाली मौलिक पहिचान र संस्कृतिको संरक्षण चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्नुभयो।

 

भानुभक्त आचार्यले अपनाएको सरलता, स्पष्टता र जनस्तरसँगको सम्बन्ध आजको समयमा पनि उत्तिकै सान्दर्भिक रहेको चर्चा गर्दै सभामुख अर्यालले युवा पुस्तालाई नेपाली साहित्यतर्फ आकर्षित गर्न आवश्यक रहेको बताउनुभयो।

 

उहाँले सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै नेपाली भाषा तथा साहित्यको विकासमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो।

nepalijanatakhabar

समबन्धित समाचार