आज भदौ १२ गते शुक्रबारको हेर्नुस् राशिफल सेयर गरी पाथिभरा माताको दर्शन गर्नुहोस् 

वायु प्रधुशन
nepalijanatakhaba

१२ भदौ २०८३ (२८ अगस्ट २०२६)। हेर्नुस् आजको राशिफल-

 

मेष: रोकिएका महत्त्वपूर्ण कामको थालनी हुन सक्छ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। चलाखीपूर्ण बोलीले कार्यसिद्धि हुनेछ।

 

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, वैदेशिक कार्यमा ५० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

 

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

 

वृष: दैनिक कार्यमा प्रगति हुनेछ। घरमा अतिथिको आगमन हुनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। सहकर्मीबाट विरोध आउन सक्छ। छोटो दूरीको लाभदायक यात्रा होला। शुभकार्यको चर्चा चल्नेछ।

 

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

 

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

 

मिथुन: क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ। खर्चको मात्रा वृद्धि हुन सक्छ, अतः सचेत रहनु होला। अभिभावकको सल्लाहअनुरूप चल्नसके राम्रो हुनेछ। अधुरा वैदेशिक कार्य सहजै अघि बढ्नेछन्।

 

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ३५, वैदेशिक कार्यमा ६० र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।

 

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

 

कर्कट: आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। प्रेमीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। रमाइलो र यात्रा हुनेछ।

 

भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

 

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

 

सिंह: सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। काम गर्ने जोस, जाँगर र उमङ्ग बढ्नेछ। आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ। मन्त्र- स्थिर सोच, लगनशीलता र शान्ति सफलताका सूत्र हुन्।

 

भाग्यशाली रङ सेतो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

 

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

 

कन्या: सुखदु:ख बराबरी रहने खालको समय छ। पर्यटकीय भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। मन्त्र- भावनामा शक्ति हुन्छ, अनि सन्तुलनमा चमत्कार।

 

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

 

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

 

तुला: आफन्तको सल्लाह, सहयोग र हौसला पाइनेछ। सांस्कृतिक कृत्यमा रुचि बढ्नेछ। धर्मकर्ममा मन जानेछ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। बोलीवचनमा संयमता अपनाउनु पर्नेछ।

 

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६९, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

 

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

 

वृश्चिक: समय मध्यम खालको छ। नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ। सहयोग गर्ने र आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन्। कार्यक्षेत्रमा अरूले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ। संयमता अपनाउनु नै बुद्धिमानी हुनेछ।

 

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

 

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

 

धनु: मनमा उत्पन्न शङ्का तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। सुन्दरतामा धन खर्च हुनेछ। सरकारी निकायको भय रहला। आर्थिक कारोबारमा मन्दी आउने र नियमित खर्च बढ्ने योग छ।

 

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

 

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

 

मकर: सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ। कला र गलाको प्रभाव बढ्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन्। वैदेशिक कार्य अघि बढ्नेछ।

 

भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

 

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

 

कुम्भ: प्रेम सम्बन्ध प्रगाढ बन्नेछ। विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ। भोजभतेरमा सहभागी हुने अवसर जुर्ला। नयाँ कार्य वा रोजगारी पाउने सम्भावना छ। स्वास्थ्यको ख्याल गर्नु पर्नेछ।

 

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

 

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शङ्करजीको दर्शन गरी कार्य प्रारम्भ गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

 

मीन: मित्रसँग भेटघाट हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। सामाजिक र राजनीतिक कार्यमा सफलता मिल्नेछ। सेयर बजारको लगानीले साथ दिनेछ र नसोचेको ठाउँबाट धनागम हुन सक्छ।

 

भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

 

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिई कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

nepalijanatakhabar

समबन्धित समाचार