आज भाद्र २५ गते बिहीबारको हेर्नुस् राशिफल सेयर गरी पाथिभरा माताको दर्शन गर्नुहोस् 

वायु प्रधुशन
nepalijanatakhaba

आजको पञ्चाङ्ग अनुसार वि.सं. २०८३ साल भाद्र २५ गते बिहीबार, इस्वी सन् २०२६ सेप्टेम्बर १० तारिख हो ।

राहुकाल दिउँसो १:३३ देखि ३:०६ सम्म रहनेछ र यस समयमा कुनै पनि शुभ कार्य गर्नु हुँदैन ।

मेष राशिलाई शरीर अस्वस्थताले काम गर्न नसक्ने, वृष राशिलाई व्यापारबाट राम्रो आम्दानी हुने र मिथुन राशिलाई पारिवारिक माहौल रमाइलो रहने राशिफल छ ।

आजको पञ्चाङ्ग

 

वि.सं.२०८३ साल भाद्र २५ गते । बिहीबार । इस्वी सन् २०२६ सेप्टेम्बर १० तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । भाद्र कृष्णपक्ष । तिथि–चतुर्दशी, बिहान १० बजेर ४ मिनेट उप्रान्त औँसी । नक्षत्र–मघा, दिउँसो २ बजेर ४८ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग–सिद्ध, बेलुकी ९ बजेर ५ मिनेट उप्रान्त साध्य । करण–शकुनी, बिहान १० बजेर ४ मिनेट उप्रान्त चतुष्पद, बेलुकी ९ बजेर २१ मिनेट उप्रान्त नाग । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–सिंह ।

 

आजको राशिफल

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शरीर अस्वस्थ हुनाले दैनिक कामहरू गर्न सकिने अवस्था रहने छैन । भौतिक सम्पत्ति तथा बिलासी वस्तु उपहारको रूपमा प्राप्त हुने योग भए पनि टरेर जानेछ । व्यापारमा मन्दी आउने तथा नयाँ ठाउँमा लगानी नगर्नु नै राम्रो हुनेछ । प्रेममा एक अर्कालाई अविश्वास गर्नाले बाध्यता बस छुट्टिनु पर्ने अवस्था आउनेछ । सन्तान तथा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ । तर पनि यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय राम्रो रहेकोले व्यापारबाट राम्रै आम्दानी गर्न सकिनेछ । माया प्रेममा नजिक हुन सकिने तथा मिठो मसिनो भोजन ग्रहण गर्दै समय व्यातित गर्न सकिनेछ । धर्म कर्ममा मन जाने तथा धार्मिक क्षेत्रको भ्रमण हुनेछ । आर्थिक क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । आफन्तसँग भरसक नजिक नहुनु नै राम्रो रहेको छ । राजनीति तथा सामाजिक क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पारिवारिक माहौलमा समय बित्ने हुनाले दिन रमाइलो तथा उल्लासमय रहनेछ । महँगो तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने योग रहेको छ । राजनीति तथा सामाजिक कार्यमा जनताको समर्थन रहनेछ भने प्रतिष्ठित काम गरी इज्जत कमाउन सकिनेछ । प्रेममा नजिक भई गफिने अवसर प्राप्त हुनेछ । अनलाइन व्यापार, टेक्निकल सामान तथा नयाँ प्रविधिको प्रयोग गरी आम्दानीमा वृद्धि गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बाहिरी वातावरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । अध्ययनमा अरूभन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । समयमा काम नबन्ने हुँदा मनमा निराशा पैदा हुनेछ । तर पनि माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । राजनीति तथा सामाजिक काममा जनताको काम गर्न सक्दा इज्जत प्रतिष्ठा बढेर जानेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ प्रविधिको प्रयोग मार्फत रचनात्मक काम गरी मनग्गे धन आर्जन गर्नेछ । स्वआर्जित धन परिचालन गरेर आम्दानी बढाउन सकिनेछ । बिछोड भएका सम्बन्धहरू पुनः सुचारु हुनेछन् । आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नी बिच विश्वास बढ्नेछ । होटल, रेष्टुरेन्ट तथा बोलेर गर्ने पेसा व्यवसाय फस्टाएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) लामो दुरीको विदेश यात्राको तय हुनेछ भने विदेशबाट सञ्चालित संस्था, एनजिओ तथा आईएनजिओमा काम पाउने प्रबल सम्भावना रहेको छ । विदेशमा बसेर पेसा व्यवसाय गर्ने तथा अध्ययन गर्नेहरूका लागी दिन फलदायी रहनेछ । खर्च बढे पनि उपलब्धिमूलक कामहरू हुनेछन् । अग्रज आफन्त तथा साथीभाइका साथ रमाइलो गर्दै मिष्ठान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) प्राकृतिक स्रोत तथा साधनको प्रयोगले आम्दानीमा वृद्धि गर्न सकिनेछ । शिक्षा तथा चेतनामूलक कामहरूबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रज तथा बुवाबाट गाइडलाइन प्राप्त हुनाले अग्रगामी छला¨ मार्न सकिनेछ । माया प्रेमको बन्धन कसिलो भएर जानेछ । परिवारका इच्छा तथा आकाङ्क्षाहरू पुरा गर्न सकिने हुनाले मन खुसी रहनेछ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार तथा शेयर बजारबाट राम्रो आम्दानी हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । नोकरी पाउने तथा बढुवा हुने योग रहेको छ । भूमि, वाहन तथा पैतृक सम्पत्तिमा वृद्धि हुने तथा प्राप्त हुनेछ । आफ्नै मेहनतले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ । माता पिताको सहयोग तथा समर्थनले कीर्तिमानी काम गर्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) शैक्षिक तथा धार्मिक यात्रा हुने भए पनि यात्राको क्रममा कष्टको सामना गर्नुपर्ने हुनसक्छ ध्यान दिनुहोला । समाजमा राम्रा काम गर्दा गर्दै प्रतिस्पर्धीहरूले खुट्टा तान्नेछन् । खोजीमूलक क्षेत्रमा नतिजा हात पार्नको लागी बढी नै खट्नु पर्नेछ । अग्रज तथा धार्मिक क्षेत्रमा मानिससँग विवाद हुनसक्छ । प्रेममा रमाउन चाहनेहरूका लागी समय मध्यम रहेको छ । तर पनि आर्थिक क्षेत्रमा गरेको लगानीबाट नाफा कमाउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय राम्रो रहेकोले आफन्त तथा दिदी बहिनीहरूबाट सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसाय फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृढ हुनेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । नसोचेको धन प्राप्त हुने तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ । तपाईँको बोलीको प्रभाव बढ्ने हुनाले राम्रा काम गरी नाम कमाउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा गर्न सकिनेछ । लामो दुरीको व्यापारिक यात्राको तय गर्न सकिनेछ । लगनशीलता तथा इमानदारिताले दैनिकी परिवर्तन गर्न सकिनेछ । पढाइ लेखाइमा सफलता प्राप्त गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढाउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइमा सहपाठीहरूलाई किनारा लगाउँदै एक कदम अगाडी बढ्न सकिनेछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ भने ऋणबाट मुक्त हुन सकिनेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने पति पत्नी बिच विश्वास बढेर जानेछ । अफिसियल यात्राको गतिलो योग रहेको छ ।

nepalijanatakhabar

समबन्धित समाचार