असोज १० गते शनिबारको हेर्नुस् राशिफल सेयर गरी पाथिभरा माताको दर्शन गर्नुहोस् 

वायु प्रधुशन
nepalijanatakhaba

आजको पञ्चाङ्ग अनुसार वि.सं. २०८३ साल असोज १० गते शनिबार, इस्वी सन् २०२६ सेप्टेम्बर २६ तारिख हो ।

काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ५४ मिनेटमा हुनेछ भने सूर्यास्त बेलुकी ५ बजेर ५५ मिनेटमा हुनेछ ।

आजको राशिफल अनुसार मेष राशिलाई खर्च बढ्ने र आम्दानी कम हुने योग छ भने वृष राशिलाई लगानीबाट फाइदा हुनेछ ।

आजको पञ्चाङ्ग

 

वि.सं.२०८३ साल असोज १० गते । शनिबार । इस्वी सन् २०२६ सेप्टेम्बर २६ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । भाद्र शुक्लपक्ष । तिथि–पूर्णिमा, बेलुकी १० बजेर २ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–पूर्वाभाद्रपदा, मध्यान्ह १२ बजेर १२ उप्रान्त उत्तरभाद्रपदा । योग–गंड, दिउँसो ३ बजेर २ मिनेट उप्रान्त वृद्धि । करण–भद्रा, बिहान १० बजेर १३ मिनेट उप्रान्त बव, बेलुकी १० बजेर २ मिनेट उप्रान्त बालव । आनन्दादिमा–काल योग । चन्द्रराशि–कुम्भ, बिहान ६ बजेर ५ मिनेट उप्रान्त मीन ।

 

आजको राशिफल

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई उपचार तथा औषधी खर्च बढेर जानेछ । व्यापार व्यवसायमा लगानी गरे पनि आम्दानी कम हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । आफूभन्दा अग्रजसँग राय बाझिने तथा मनमुटाब बढ्ने योग रहेको छ । र, पनि माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । विदेशी भूमिमा बसेर काम गर्नेहरूका लागी समय शुभ रहनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पछिसम्म फाइदा हुने व्यापार व्यवसायमा लगानी गरी आम्दानी सुनिश्चित गर्न सकिनेछ । आर्थिक अभावले रोकिएका कामहरू सञ्चालन हुनेछन् । स्रोत साधनको प्रयोग गरी काम गर्न सकिनेछ । खाद्यान्न तथा औषधीजन्य पेसासँग सम्बन्धित कामहरूबाट आम्दानी बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने जीवन साथीसँग थप आत्मीय भाव बढ्नेछ । प्राकृतिक स्रोत साधन तथा पैतृक धनको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइनेछ । व्यापारमा प्रशस्त आम्दानी हुनाले आर्थिक स्थिति सुदृढ हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । प्रणय सम्बन्धको डोरो कसिलो भएर जानेछ । पैतृक तथा सरकारी सम्पत्तिको प्रयोग गर्न पाइने हुँदा मन प्रसन्न हुनेछ । तर पनि यात्रा तथा मनोरञ्जनका लागी समय मध्यम रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मौसम अनुसारको सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । सामाजिक तथा कल्याणकारी काम गरी नाम कमाउन सकिनेछ । धर्म तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । लामो दुरीको धार्मिक वा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । तर पनि देश भित्रको यात्रालाई स्थगित गर्नुहोला समय मध्यम रहेको छ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा यात्रा गर्दा ध्यान दिनुहोला नराम्रो घट्ना घट्न सक्छ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने तथा आर्थिक कारोबार बिग्रन सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । आफन्त तथा साथीभाइ बिच बैमानस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बौद्धिकता तथा विवेकको प्रयोग मार्फत काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेम प्रसङ्गमा खुलेर रमाउन सकिनेछ भने दाम्पत्य जीवन सुदृढ हुनेछ । साझेदारी व्यवसायबाट मनग्गे धन लाभ हुने तथा पारिवारिक भेटघाटमा मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । विपरीत लिङ्ग प्रतिको आकर्षण बढेर जानेछ भने बिलासी वस्तुको प्रयोग मार्फत अरूको ध्यान केन्द्रित गर्न सकिनेछ । तर पनि यात्रा, भेटघाट तथा मनोरञ्जनको लागी समय मध्यम रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) काम गर्न रकम तथा आर्थिक स्रोतहरू जुट्ने हुनाले व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । विवादित विषयहरूबाट निचोड तपाईँकै पक्षमा आउने हुनाले खुसीले उचाइ नाघ्नेछ । पढ्ने लेख्ने काममा अरूलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । तपाईँसँग मनमुटाबको भावना राख्ने तथा शत्रुता साध्नेहरू आफै कमजोर हुनेछन् । छोटो दुरीको यात्रा गर्दा ध्यान दिनुहोला ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) खाद्यान्न तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । राजनीति तथा सामाजिक काममा आलोचना सहितको समर्थन प्राप्त हुने र पद प्राप्तिको योग रहेको छ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको वैदेशिक यात्रा हुनेछ । मन परेको मानिसबाट उपहार प्राप्तिको योग रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । बिलासी सामानको प्रयोग मार्फत अरूको मन लोभ्याउन सकिनेछ । तर पनि बाहिरी वातावरण तथा मौसमको अध्ययन गरेर मात्र यात्राको तय गर्नुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) घर परिवार तथा आफन्तहरूमा विभिन्न समस्या देखा पर्नेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । प्रणय सम्बन्धमा सामान्य मनमुटाब सिर्जना हुनेछ । यात्राको लागी समय मध्यम रहेको छ । जग्गा सम्बन्धी विवादमा फस्ने योग रहेको छ भने आन्तरिक धन सम्पत्तिमा विवाद सिर्जना हुन सक्छ ध्यान दिनुहोला । पढ्ने लेख्ने काममा खासै मन जाने छैन । कृषि तथा पशुपालन व्यवसायबाट भने सन्तोष जनका नाफा कमाउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अर्थ उपार्जनका विभिन्न स्रोतहरू जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । व्यापार व्यवसायमा भनेजस्तो नाफा कमाउन सकिनेछ भने छोटो तथा रमाइलो व्यावसायिक यात्राको तय हुनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न रहनेछ । तर पनि खेलकुद तथा अन्य कामको लागी तय गरेको यात्रालाई स्थगित गर्नुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पतिपत्नी बिचको मधुर प्रेम भावले दाम्पत्य जीवन सुखद हुनेछ । इष्टमित्र सहयोगी बन्नेछन् । बोलीमा मधुरता झल्कनेछ भने भाग्य शक्ति सुदृढ रहनेछ । धार्मिक चाहनाले थुप्रै तीर्थाटनको अवसर जुर्नेछ । पापीय मनोवृत्ति बिस्तारै हट्दै जानाले मन प्रफुल्लित बन्नेछ । नोकरीमा ख्याति बढ्ने कार्यको सर्वत्र प्रशंसा होला । राजनीतिले समाजमा सुयोग्य र कर्मठ बनाउला । व्यापार व्यवसायले आर्थिक सङ्कट निवारण गर्नेछ । तर पनि देशभित्रको यात्राको लागी समय मध्यम रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने योग रहेको छ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक क्षत्रे बलियो हुनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्त भेटिने हुँदा मन प्रसन्न रहनेछ । प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । यात्रा तथा मनोरञ्जनको लागी समय मध्यम रहेको छ ।

nepalijanatakhabar

समबन्धित समाचार