आज असोज १५ गते बिहीबारको हेर्नुस् राशिफल सेयर गरी पाथिभरा माताको दर्शन गर्नुहोस् 

वायु प्रधुशन
nepalijanatakhaba

वि.सं.२०८३ साल असोज १५ गते बिहीबारको पञ्चाङ्ग अनुसार आजको दिनको शुभ र अशुभ समयको विवरण दिइएको छ ।

आजको दिनमा मेष, वृष, कर्कट, सिंह, कन्या, वृश्चिक, धनु, मकर र मीन राशिका लागि समय राम्रो रहेको छ ।

मिथुन, तुला र कुम्भ राशिका लागि भने आजको दिन केही चुनौती पूर्ण रहनेछ ।

आजको पञ्चाङ्ग

 

वि.सं.२०८३ साल असोज १५ गते । बिहीबार । इस्वी सन् २०२६ अक्टोबर १ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन कृष्णपक्ष । तिथि–पञ्चमी, दिउँसो २ बजेर ३६ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–कृतीका, बिहान ८ बजेर ५७ मिनेट उप्रान्त रोहिणी । योग–सिद्धि, रातको १ बजेर ५ मिनेट उप्रान्त व्यातिपात । करण–तैतिल, दिउँसो २ बजेर ३६ मिनेट उप्रान्त गर, रातको १ बजेर २८ मिनेट उप्रान्त वणिज। आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–वृष । पञ्चमी श्राद्ध । षष्ठी श्राद्ध ।

 

आजको राशिफल

 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने बौद्धिक क्षेत्र फराकिलो हुनेछ । आफन्त तथा साथीभाइबाट सुनिने सुखद समाचारले उत्साहित होइनेछ । खाद्यान्न तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि भई नाफा कमाउन सकिनेछ । प्रेमिल जोडीहरूका लागी समय उत्तम रहेको छ । बोलीको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँ कामको प्रस्ताव आउनेछ भने गरिरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन प्राप्त हुनेछ । खाेजीमुलक क्षेत्रमा रुचि बढ्नेछ भने अध्ययनमा भनेजस्तो सफलता चुम्न सकिनेछ । सामाजिक काम गरी इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ । पुँजी बजारमा गरिएको लगानीबाट नाफा कमाउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समय तथा कामको तालमेल नमिल्दा अरूभन्दा पछि परिनेछ । अध्ययनमा मन नजानाले नतिजा अरूकै पोल्टोमा पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढ्नेछ । बसाई सराई तथा लामो दुरीको यात्राको तय हुनेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाइनेछ । प्रेममा नजिक हुन सकिनेछ । व्यापारी, विद्यार्थी तथा सामाजिक काम गर्नेहरूका लागी समयले साथ दिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सीमित स्रोत साधनको प्रयोग मार्फत असीमित आवश्यकता परिपूर्ति गर्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । व्यापार तथा शेयर बजारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । दाजुभाइको सहयोगमा भौतिक सम्पत्ति तथा सवारी साधन जोड्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा वा स्थानान्तरणको गतिलो सम्भावना रहेको छ । व्यवसाय फस्टाएर जानेछ भने लगानीका अवसर जुट्नेछ । सरकारी तथा प्रशासनिक काममा तपाईँको गतिलो उपस्थिति रहनेछ । कृषि तथा पशुपालन व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने अध्ययनकै सिलसिलामा यात्राको तय गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) भाग्यले साथ दिने हुनाले सानो लगानी तथा सानो प्रयत्नले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार ता शेयर बजारबाट नाफा कमाउन सकिनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । खोजीमूलक क्षेत्रमा चासो बढ्ने तथा अध्ययनबाट भनेजस्तो नतिजा ल्याउन सकिनेछ । धर्म तथा अध्यात्मसँग सम्बन्धित विषयमा रुचि बढ्नेछ । मित्रता तथा प्रेमको डोरो कसिलो हुनेछ । विशिष्ट व्यक्तिसँग नजिक हुन सकिने तथा मित्रता बढाउनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा दिदीबहिनीसँग मनमुटाब सिर्जना हुने योग रहेको छ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुख पाइनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ भने साझेदारी व्यवसायबाट लाभ लिन सकिनेछ । व्यापारकै सिलसिलामा यात्राको तय हुनेछ । भौतिक सम्पत्ति तथा बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरू आफै किनारा लाग्नेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । नोकरीमा प्रवेश तथा पदोन्नतिको गतिलो योग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यवसायमा लगानी बढाउँदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्यक्तिसँग प्रतिस्पर्धा गर्नु परे पनि अन्ततः तपाईँकै पक्षमा नतिजा आउँदा मन खुसी हुनेछ । रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जाने तथा विवाह मार्फत सम्बन्धलाई लामो समयसम्म टिकाउन सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बौद्धिकताको प्रयोग गरी आफ्नो क्षमतालाई निखार्ने अवसर प्राप्त हुनेछ । मन परेको मानिसबाट छोटो दुरीको यात्राको अफर आउने तथा उपहार प्राप्त हुने योग रहेको छ । आफन्त तथा सन्तानबाट तपाईँले सुरु गरेको काममा सहयोग तथा समर्थन पाइनेछ । बैक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे लाभ लिन सकिनेछ । राम्रा तथा सुखद समाचार सुन्न पाउँदा मन प्रसन्न हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्त तथा साथी भाइसँग राय नमिल्दा दैनिक काम प्रभावित हुन सक्छ । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरूले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आइसकेको काम अरूले नै फुत्काउनेछन् । घरजग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला विवाद तथा किचलो हुनसक्छ । तर पनि अध्ययन तथा खोजीमूलक क्षेत्रमा रुचि बढ्नेछ । शेयर बजार तथा व्यापारमा गरेका लगानी फस्टाएर जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आट, साहस तथा पराक्रममा वृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय फलदायी रहेको छ । छोटो दुरीको रमाइलो यात्राको तय गर्न सकिनेछ । औद्योगिक क्षेत्र, ब्रोकर सम्बन्धी काम तथा शेयर बजारबाट नाफा कमाउन सकिनेछ ।

nepalijanatakhabar

समबन्धित समाचार