प्रवासी नेपाली मञ्च मलेसियाको तेस्रो अधिवेशनको तयारी पूरा

वायु प्रधुशन
nepalijanatakhaba

क्वालालम्पुर, मलेसिया । प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाको तेस्रो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। नेकपा (एमाले) को प्रवास संगठनका रूपमा क्रियाशील मञ्चले आगामी अक्टोबर ११, आइतबार क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा दिउँसो १ बजे तेस्रो अधिवेशन आयोजना गर्दैछ।

अधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै मञ्चका अध्यक्ष दयाराम कुमालले मलेसियामा क्रियाशील नेपाली संघ–संस्था, सामाजिक संस्था, विभिन्न क्षेत्रका प्रतिनिधि, शुभेच्छुक तथा नेपाली समुदायका सदस्यहरूलाई कार्यक्रममा सहभागी भई अधिवेशन सफल बनाउन आग्रह गरेका छन्।

अध्यक्ष कुमालका अनुसार हाल प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियामा २४५ जना संगठित सदस्य रहेका छन्। मञ्चको दोस्रो अधिवेशन तीन वर्षअघि सम्पन्न भएको थियो।

अध्यक्ष कुमालले अधिवेशनका लागि निमन्त्रणा प्राप्त गरिसकेका तथा निमन्त्रणा प्राप्त गर्न बाँकी रहेका सम्पूर्ण नेपाली संघ–संस्था, सामाजिक संस्था, विभिन्न क्षेत्रका प्रतिनिधि र शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरेका छन्।

उनले मलेसियामा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र सामाजिक हितलाई प्राथमिकता दिँदै आगामी दिनमा प्रवासी नेपाली मञ्चले अझ प्रभावकारी भूमिका निर्वाह गर्ने बताए।

नेकपा (एमाले) को प्रवास संगठनका रूपमा रहेको प्रवासी नेपाली मञ्चले विदेशमा रहेका नेपालीहरूबीच संगठनात्मक समन्वय, सामाजिक सहकार्य तथा नेपाली समुदायसँग सम्बन्धित विभिन्न गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

तेस्रो अधिवेशनलाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न मञ्चका पदाधिकारी तथा सदस्यहरू आवश्यक व्यवस्थापनसहित अन्तिम तयारीमा जुटिरहेका छन्।

nepalijanatakhabar

समबन्धित समाचार