मुख्यमन्त्री राईलाई प्रश्न : भागबण्डा पुर्‍याउन जथाभाबी मन्त्रालय किन फुटाउन लागेको ?


पाँच दलीय गठबन्धनको सरकारको नेतृत्व गरेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई नियुक्त भएको डेढ महिना पुग्न लागेको छ । गत कार्तिक १६ मा प्रदेशको तेस्रो मुख्यमन्त्रीका रूपमा नियुक्त मुख्यमन्त्री राईको सरकारले अहिलेसम्म मन्त्रीमण्डल बिस्तार गर्न सकेको छैन । प्रदेश सरकार मन्त्रालय फुटाउने तयारीमा छ । मन्त्रालय फुटाउँदा पनि खर्च खासै नबढ्ने जिकिर छ राईको । काँग्रेस, माओवादीलगायत पार्टीको महाधिवेशनले संयुक्त बैठक बस्न नसक्दा अलमलको अवस्था देखिएको मुख्यमन्त्री राई बताउँछन् । सरकार सञ्चालनको कठिनाइको विषयमा केन्द्रित रही रातोपाटीले मुख्यमन्त्री राईसंग वार्तालाप गरेको छ । प्रस्तुत छ, उनीसँगको संक्षिप्त कुराकानीः

मुख्यमन्त्रमा नियुक्त भएदेखि आजसम्म अलमलमै दिन बिताउनु भयो, होइन ?

होइ, हामी काममै छौँ । बजेट विनियोजनमा लाग्यौँ । विनियोजन गरेको बजेट र तय गरेका योजनाहरू यो आर्थिक वर्षमा सम्पन्न गर्छौँ । लामो यात्रामा दौडिने मान्छे पनि कहिलेकाहीँ केही समय पछि परेजस्तो देखिन्छ, फेरि उसले  गति बढाएर आफ्नो लक्ष्य पुरा गरेजस्तै हामी सफल हुन्छौँ । काँग्रेस अधिवेशनको कारण सरकारको गति कम भएपनि अब गति बढाउँछौ । अरू वर्ष ६०÷६५ प्रतिशत मात्र विकास बजेट खर्च हुने अवस्था थियो भने हाम्रो कार्यकाल भरी पुरापुर विकास बजेट खर्च गर्ने गरी काममा लागेका छौँ ।

तपाईंले सपथ लिदै गर्दा सरकार अब दौडिन्छ भन्नु भएको थियो । त्यो लक्षण देखिँदैन त ?

अब सुत्ने, खाने समय कटाएपछिको समय दौडिने हो । सुतेको, खाएको समयमा पनि किन सुतिस्, किन खाइस् भनेर भन्न पाइँदैन । अहिलेको व्यावहारिक समस्या भनेको सरकारमा सम्मिलित पाँच दलीय गठबन्धन भित्रका सहयात्री दलका विशेष काम पार्टीको महाधिवेशनमा प्रतिनिधित्व हो । प्रतिनिधि छनौट हुन नजा, केन्द्रीय सदस्य पनि उठ्न नजा भन्ने स्थिति रहँदैन । त्यसैले, यो सरकारको कामलाई मात्र गति दिने गरी काम गर भनेर भन्न मिल्दैन । तर उहाँहरू बाहेकका अरू साथीहरूले आन्तरिक रूपमा काम गरिरहनु भएको छ । खास गरी मन्त्रीमण्डल विस्तार गर्ने, मन्त्रालय  विभाजन गर्ने सरकारको यो घोषित कुरा छ, यसको लागि सरकारले तयारी गरिसकेको छ । अब यसलाई चाँडो टुङ्ग्याएर सरकारको कामलाई गति प्रदान गर्ने कुरामा सरकारको अब ध्यान जानेछ ।

पाँच दलीय गठबन्धन भित्रको खटपटले घोषित मन्त्रीमण्डल बिस्तारको काम अलमलमा परेको हो ?

होइन, नेपाली काँग्रेसदेखि माओवादी केन्द्रको पनि अधिवेशन जारी छ । त्यसैले, बैठक बस्न नसकेका कारण केही समय सरकारको घोषित कार्यक्रम पनि अघि बढ्न नसकेको हो । अब साथीहरू पार्टीको महाधिवेशनबाट फर्के लगत्तै मन्त्रीपरिषद्मा प्रस्ताव गरेर त्यसलाई टुङ्ग्याउँछौ । सरकारको न्यूनतम साझा कार्यक्रम ड्राफ्ट भइसकेको छ, आगामी बैठकबाट टुङ्ग्याउँछौँ । भइरहेका केही मन्त्रालय फुटाएर बढीमा ११ वटा पुर्‍याउने योजनाअनुरूप त्यसका लागि आवश्यक संरचना, कर्मचारी व्यवस्थापन र सवारी साधन व्यवस्थापनका बारेमा अध्ययन गर्ने काम एक चरणमा पुरा भएको छ । चाँडै नै प्रदेश सरकारको मन्त्रीमण्डल बिस्तार हुने कुरामा अब भने विलम्ब हुने छैन ।

दलीय भागबण्डा पुर्‍याउन जथाभाबी मन्त्रालय फुटाउन लागिरहेको भनेर प्रदेश सरकारको आलोचना भैरहेको छ । यसबारे के भन्नुहुन्छ ?

प्रदेश सरकार सानो आकारमा रहँदा मन्त्रालयमा कामको चाप धेरै पर्न जाने भएकाले मन्त्रालय विभाजनको तयारीमा सरकार लागेको हो । यहाँ कसैलाई भागबण्डा पुर्‍याउने मूल उद्देश्य पटक्कै छैन । पोसिलीअन्तर्गत  नै सरकारले मन्त्रालय थप्न खोजेको हो ।

थप मन्त्रालयका कारण थपिने संरचना र कर्मचारी व्यवस्थापनमा ठुलो रकम व्ययभार लाग्ने अभियानमा सरकार किन अग्रसर भएको ?

सामान्यत मन्त्रालयको पुरापुर खर्च बार्षिक रूपमा ठुलो मात्रमा हुने गरेको छ । अहिले मन्त्रालय विभाजनमा खासै ठुलो बजेट खर्च हुने अवस्था देखिँदैन । केही संरचना, यातायात र मन्त्रीको सचिवालयमा आवश्यक कर्मचारीले सामान्य आर्थिक व्ययभार थपिन जान्छ । यसमा खासै आत्तिने अवस्था छैन । मन्त्रालय विभाजनसँगै आवश्यक भवन सरकारी नै खोज्छौँ, आवश्यक कर्मचारीहरू हाल रहेका मन्त्रालयका बाँडिएर जाने भएकाले पुरानै तलवभत्ताले काम गर्छ । त्यसैले, त्यत्रो ठुलो खर्च हुने अवस्था देखिँदैन ।

तपाईंको सरकार अघिल्लो सरकारले ल्याएको बजेट हेरफेर गर्ने काममा लागेको छ । तपाईंहरुले नै पुरक बजेट ल्याए हुन्न ?

सामान्यतय पुरक बजेट ल्याउने भनेको आम्दानी धेरै घट्ने या थुपै्र योजना कटौती गर्नुपर्ने अवस्थामा अथवा आम्दानी धेरै बढेको अवस्थामा योजना थप्नुपर्ने अवस्थामा सिद्धान्ततः पुरक बजेट ल्याउनुपर्ने हो । तर आम्दानीको अवस्थामा कुनै फेरबदल हुने अवस्था छैन । त्यसमाथि कैयौँ योजना कार्यान्वयन तहमा छ । सम्झौता नै भइसकेका, ठेक्का लागेका योजनामा बजेट काट्न सक्ने अवस्था रहँदैन । हामीले केही सीमित योजना जो  कार्यान्वयनमा गएका छैनन् र त्यसलाई प्राथमिकता नदिँदा पनि हुन्छ भन्ने आँकलन गरेर कटौती गर्न लागेका छौँ । त्यसैले, पुरक बजेट नभएर बजेटमा हेरफेर गर्ने गरी अहिले काम भइरहेको छ ।

मुख्यमन्त्री कार्यालय लगायतको भवन अहिले पनि संघकै मातहतमा छ । प्रदेशका मन्त्रालयहरू संघबाट प्रदेशको नाममा ल्याउने पहल कसरी हुन्छ ?

अब हामी क्रमशः प्रदेशको आफ्ना भवन बनाउँदै जान्छौँ । जग्गाप्राप्ती देखि नै सुरुवात हुन्छ । हाम्रो योजना छ कुनै संघको लिनुपर्ने भएपनि त्यसलाई टुंगो गरेर लिने बाटोमा जान्छौ । छिटै त्यो कामलाई अगाडी बढाउछांै ।

प्रदेश सरकार गठन भएर संरचना निर्माण भइसक्दा पनि सबै कर्मचारी संघकै चलाउनुपर्ने बाध्यता कहिलेसम्म रहन्छ  ?

केही समस्या हामीले बेहोर्दै आएका छौँ । संघीय मामिला मन्त्रालयले यस बारेमा ऐन परिमार्जन गर्ने प्रयास गरिरहेको छ । अहिलेको संघीय मन्त्री ज्यूको सोचाई प्रदेशलाई कसरी बलियो बनाउन सकिन्छ भन्नेमा छ । कर्मचारी हस्तान्तरण गर्ने ढंगको ऐन कानून बनाउने उहाँको प्रयास भइरहेको छ । यसबारे हामीसँग पनि केही छलफल भएको छ । ऐन पास  भयो भने हाम्रो मातहतमा कर्मचारीहरू आउने अवस्था रहन्छ र काम गर्न  सजिलो हुन्छ । सम्बन्धित मन्त्रालयले चाँडो नतिजा आउने गरी काम गर्नु पर्छ ।


प्रकाशित मिति : २०७८ मंसिर २९, बुधबार ०५:१२ गते

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार

trans escorts near me latina with big breast bbwxnnx.com meru the succubus ova3 best porn on redditt
big natural tits teen teens in panties selfies bigtitspub.net chanelle west coast naked rape x x x, bangla deshi sexy video syren de mer stepmom homedoporn.net shadbase man of the house videos pornos caseros español, porn five nights at freddy's hd p o r n video cuckold69.net danyan cat only fans downliad free porn videos