गायक भागिरथ चलाउनेको”जले जलोस हिउचिली सुकोस फेवाताल”गित सर्बाधिक चर्चामा…

दोहा कतार, पछिल्लो समय नेपाली सांगितिक बजार संगितमय बन्दै गएको छ, नेपाली लोक गित संगितलाई दर्शक श्रोताले अत्याधिक रुचाई रहेका छन् । यसै क्रममा  गायक एवम् सर्जक भागिरथ चलाउने को ´जले जलोस हिउँचुली सुकोस फेवाताल ` नामक गित बजारमा सार्वजनिक भएको छ ।

गित संगितमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक सर्जक भागिरथ सल्यानमा जन्मिएका हुन् । उनका सिर्जनाहरु कसलाई सोध्ने होला ,झमझम झम्कान, फलाम काटे तरबार, जाउला बरीलै, गोरखपुरको सलाई लगायतका दर्जनौं गितहरु सर्बाधिक रुचाइएका गितहरु मध्यका हिट गितहरु हुन ।

हालसालै मात्र बजारमा आएको गितमा पनि भागिरथ चलाउने आफैले स्वर, शब्द र सङ्गीत भरेका छन भने महिला आवाजमा शान्ति श्री परियारले साथ दिएकी छिन।

उक्त गितको शब्दमा माया पिरतीको बिषयलाई खुलेर प्रस्तुत गरिएको छ, कृष्ण बि.क भान्जले सङ्गीत समायोजन गरेको गित मिक्सिङ्ग श्याम सोइत रसाईली ले गरेका हुन भने रेकर्ड पृज्म रेकर्डिङ स्टुडियोमा गरिएको हो

प्रकाश भट्टले निर्देशन गरेका गितको भिडियोमा सबैले रुचाएकी मोडेल गिता ढुंगाना र भागिरथ चलाउने लगायत अन्य कलाकारहरुको उत्कृष्ट अभिनय देख्न सकिन्छ। सम्पादन टेकेन्द्र शाहले गरेका हुन ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।

????️????️????️????️????️????️????️????️????️

सम्बन्धित समाचार