दोहा कतार / नेपाली सङ्गीतको बजारमा हरेक दिन दर्जनको संख्यामा नयाँ गितहरु सार्बजनिक हुन्छन कुन गितले कति सफलता पाउछ भन्दा पनि कुन गितले दर्शक स्रोताहरुलाई लोभ्यायो भन्ने तिर सबैको ध्यान केन्द्रित भएको हुन्छ ।
यहि चुनौतिको साथ शुक्रबार भ्रमको खेती नामक एउटा लोकदोहोरी गित बजारमा आएको छ । सल्यान जिल्लाको दार्मा गाउँपालिकामा जन्मिएर कलाकारीता क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका उदयमान गायक रमेश शेसीले गाएको “भ्रमको खेती” बोलको गित सर्वजानिक भएको हो ।
पछिल्लो समयकी चर्चित तथा सर्वाधिक महंगी गायिका बिष्णु माझी र गायक रमेश शेसीले आवाज भरेको उक्त गितको शब्द लेखन टेकम पाण्डेले गरेका हुन भने सङ्गीत रामु खड्काले गरेका हुन ।
बिनोद बाजुरालीले सङ्गीत समायोजन गरेको गितमा लोकप्रिय कलाकार सिताराम के.सी, शान्ती लुहार, जगत सुवेदी र मिरा दर्जीले उत्कृष्ट अभिनय गरेका छन् । निर्देशक रमेश भुजेलले निर्देशन गरेका भिडियोलाई राजेन्द्र थापाले छायांकन तथा रोशन धितालले सम्पादन गरेका हुन।
नेपालको ब्यस्त स्टुडियो मालाश्री रेकर्डिङ स्टुडियोका रेकर्डिष्ट राजेन्द्र बाजुरालीले रेकर्ड गरेको गित शिव हमाल युट्युब च्यानबाट सार्वजनिक भएको छ ।
लोक तथा दोहोरी क्षेत्रको उदाउँदो कलाकारको रुपमा चिनिएका रमेश शेसीले पहिले पनि दजनौं लोक प्रिय गितहरुबाट दर्शक स्रोताको मन जितिसकेका छन् ।
पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नु होला ।
????️????️????️????️????️????️????️????️????️????️????️
प्रतिक्रिया दिनुहोस्