नेपालको राजनीतिक अस्थिर रहनु नातावादी चिन्तन मुख्य कारक हो ।
कुनै पनि मुलुकले बिकासको फट्को मार्छ भने बुझ्नु होस त्यस मुलुकमा असल सुसासन छ। असल सुसासन भ्रष्टाचार रहित पद्धति नभए सम्म कुनै पनि देशमा दिगो बिकास हुन असम्भव छ। त्यसैले मुलुक परिबर्तन र समृद्धिमा ल्याउनु देशमा आमूल परिवर्तन र पद्धति परिवर्तन हुन जरुरी छ। तर हाम्रो देशमा आमूल परिबर्तनको खातिर विभिन्न काल खन्डमा विभिन्न शृसकमा आन्दोलन तथा विभिन्न खाले क्रान्ती भएको इतिहास तपाईं हामी सामु पहाड झै भए उभिएको छ।
विभिन्न समयमा सासान पद्धति परिबर्तन भएको छ। जस्तै उदाहरण राणा सासानको पाला देखि आहिले सम्म परिवर्तनको लागि चरणबद्द रुपमा आन्दोलन भयो आन्दोलनले चाहेको प्राप्त गर्यो ब्यबस्था परिबर्तन भयो ब्याबहार सिद्धान्त परिबर्तन भएन पार्टी बद्लियो दल बद्लियो ब्यक्ती बद्लियो तर शासन पद्धति अनि ब्याबहारिक सैद्धान्तिक पक्ष परिबर्तन हुन सकेन ।
त्यसैले लोकतान्त्रिक गणतन्त्रको उदय भएको दुई दसक बितिसक्दा पनि मुलुकमा कुनै परिबर्तन भएको अनुभुती जनताले गर्न सकेको छैन ।
लोकतन्त्रलाई सबैभन्दा उत्कृष्ट राजनीतिक व्यवस्था मानिएको छ । यही लोकतान्त्रिक शासन प्रणालीबाट नेपाली जनता असन्तुष्ट हुँदै आएका छन् । नेपाली लोकतान्त्रिक राजनीतिमा वंशवाद, धनवाद र कृपावाद हाबी हुँदै आएको छ । राजनीतिक एउटा कमाउ धन्दामा लाग्ने मार्ग भएको छ। राजनीतिकले देशको बिकासमा सबै भन्दा ठूलो भुमिका खेलेको हुन्छ। यदि कुनै पनि देशमा राजनीतिक अस्थिरता रहे देशको बिकासमा ठूलो असर पुराउनेछ। जुन अहिलेको स्थिति हाम्रो नेपालको राजनीतिकलाई ब्यापारीक केन्द्रको रुपमा खडा गर्नु नै दु:खद हो ।
यी तीनवटै वादबाट राजनीतिक सवल सञ्जाल खडा भएको छ, जसलाई तोड्न अत्यन्त कठिन बन्दै गएको छ । यसबाट राजनीतिमा अनैतिक अभ्यासले नराम्ररी जरा गाडेको छ । राजनीतिमा वंशवाद हाबी भएको छ । यो सामन्तवाद वा वंशानुगत राजतन्त्रमा मात्र कल्पना गरिने विषय भए तापनि नेपालको गणतन्त्रमा यसको विकाश हुँदैआएको छ । यसका ज्वालान्त उदाहरण यी हुन शाह वंशको वंशानुगत शासन सन् २००८ मा समाप्त पारेको नेपालमा संघीय सरकारदेखि स्थानीय सरकारसम्म परिवारवाद हाबी भएको छ । रक्त सम्बन्धको आधारमा अवसर प्रदान गर्ने राजनीतिक प्रणालीलाई नै लोकतन्त्र भनिएको छ ।
एकै परिवारका धेरै जनालाई सक्रिय राजनीतिमा समाहित गरिएको छ । यो सधैभरि शक्तिमा रहने सुनियोजित रणनीतिका रूपमा स्थापित भएको छ । राजनीतिक परिवारका धेरै सदस्य जिम्मेवारीमा पुगी केन्द्रीय राजनीतिमै पनि पक्कड जमाएका छन् । नेपालको राजनीतिमा परिवारवादको उदाहरण प्रशस्त दिन सकिन्छ । नेपालको राजनीति लामो समयदेखि नै कोइराला परिवारमा केन्द्रित रहेको देखिँदै छ । रानालाई सत्ताच्युत गरी राजाको अधिकार फर्काउने क्रममा लोकतन्त्रको बहालीका लागि तत्कालीन राजा त्रिभुवनसँग समझदारी गर्दै अन्तर्राष्ट्रिय सहयोग प्राप्त गर्ने क्रममा यो परिवारले राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको हो ।
देशको पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला नेपालको सचेत राजनीतिक परिवारका सदस्य थिए । राजनीतिक परिवारमा हुर्किएका कारण उनमा राजनीतिक संस्कार थियो । हालसम्म पनि यस परिवारको नेपाली राजनीतिमा राम्रै प्रभाव छ । एकै परिवारका मात्रिका, बीपी र गिरिजा तीन तीन जना विभिन्न समयमा देशको प्रधानमन्त्री बनेका हुन् । बीपीकै भतिजा सुशीलले पनि प्रधानमन्त्री बन्ने अवसर पाए ।
वर्तमान समयमा सोही परिवारबाट शेखर, शशांक, सुजाता नेकाको केन्द्रीय सदस्यको शक्तिशाली भूमिकामा रहेका छन् । पूर्वस्वास्थ्यमन्त्री तथा नेकाका महामन्त्री गगन थापा पुराना स्थापित कांग्रेस नेता अर्जुन नरसिंह केसीका ज्वाई हुन् । नेकाको केन्द्रीय राजनीतिमा उदयमान गगनलाई भावी प्रधानमन्त्रीका रूपमा समेत हेर्न थालिएको छ । पुर्वगृहमन्त्री बालकृष्ण खाँडकी श्रीमती मन्जु संघीय सांसद बनेकी छन् ।
पाँच–पाँचपटक देशको प्रधानमन्त्री बनेका नेकाका केन्द्रीय सभापति शेरबहादुर देउवाकी धर्मपत्नी डा. आरजु राना देउवाले पटक पटक संघीय संसद बन्ने अवसर प्राप्त गरेकी छन् । नयाँ वंशवादको जन्म हालका प्रधानमन्त्री पुष्प कमल दाहालले गराएका छन् ।आफै प्रधानमन्त्री र माओवादी केन्द्रका केन्द्रीय सभापति हुन् । छोरी रेणु भरतपुर नगरपालिकामा प्रमुख छिन् । भाइ, ज्वाईं सबैलाई जिम्मेवारीमा पु¥याउने गरेका छन् । बुहारी बिना सक्रिय राजनीतिमा छिन् । द्वन्द्व कालमा संलग्नता नै नरहेकाहरूसमेतलाई जिम्मेवारी दिइएको छ ।
पूर्वअर्थमन्त्री वर्षमान पुनकी श्रीमती र बहिनी लालकुमारी पुनलाई समेत राजनीतिक पद समय समयमा प्रदान गरिएको छ । एमालेमा पनि परिवारवाद हाबी छ । ओलीजीका साला ज्ञानेन्द्र जसको नेपालको राजनीतिमा कुनै उल्लेखनीय योगदान रहेको छैन तर पनि ओलीजीको कृपा प्राप्त भएकै छ यसबाहेक शंकर पोखरेलकी बैनी, पूर्वमन्त्री रघुवीर महासेठ र उनकी पत्नी जुलीकुमारी महतो दुवै संघीय संसद छन् । जुली महतो नेपालका एक धनाढ्य व्यापारी उपेन्द्रजीको सहोदर बैनी हुन् । जुलीको योग्यता भनेकै प्रतिष्ठित व्यापारी घरानामा जन्मिनु हो । यसका अतिरिक्त उनको राष्ट्रिय राजनीतिमा कुनै पनि प्रकारको योगदान देखिँदैन । नेपालको राजनीतिमा शक्तिशाली राजनीतिज्ञका श्रीमान–श्रीमती दुवैले जिम्मेवारी पाउने अभ्यस्तता जस्तै बनेको छ, मानौं लोकतान्त्रिक संविधानको आसय नै यही हो ।
राजनीतिक वंशवादको अवस्था यसरीअघि बढ्नुमा केही तर्क दिने गरिएको छ । राजनीतिक परिवारले राजनेताको उत्पादन गर्दछ ।राजनीतिमा सधै क्रियाशीलता र निरन्तरता आफ्नै परिवारका सदस्यले दिऊन् भन्ने लालसा हुन्छ र सोहीअनुसार राजनीतिक संस्कार र प्रशिक्षण प्रदान गरिन्छ । यस्ता संस्कारयुक्त र प्रशिक्षित राज्य घरनाका सम्भ्रान्त सदस्यले राष्ट्रलाई राम्ररी गति दिन सक्दछन् भन्ने दाबी गरिन्छ । यस्ता परिवारका खानदानी सम्बन्ध राजनीतिज्ञसँग रहन्छ । यी सम्भ्रान्त परिवारकाले राजनीतिलाई दुरुपयोग गर्दछन् । परिणामस्वरूप भ्रष्टाचार र शक्ति लिप्सा अत्यन्त ज्यादा हुँदै जान्छ । यी दुवै अवस्थामा वंशवादले राजनीतिलाई नराम्ररी जकडेको छ ।
नेपालको राजनीतिक सञ्जाल’bout अध्ययन गर्दा विशेषगरी औपचारिक राजनीतिमा मात्र यो सीमित भएको पाइँदैन । यी सञ्जालको प्रभावले गर्दा नेपालको राजनीति गैरराजनीतिक तत्वसँग स्वतः घुलमिल हुँदै आएको छ । यस्ता सम्बन्ध र सञ्जाल विस्तार गरेकाले राजनीतिक दलका नेतृत्व तहसँग सहजै पहुँच प्राप्त गरेका हुन्छन् । लामो समयदेखि राजनीतिमा जीवन बिताएकालाई पछि पार्दै यस्ता व्यक्ति राजनीतिमा उदयमान बन्दछन्, दलका टिकट त्यागी नेता वा कार्यकर्ताभन्दा यिनैलाई प्रदान गर्न नेतृत्व लालायित बन्दछ ।
दलका शीर्षस्थले यी गैरराजनीतिक व्यक्तित्वलाई राजनीतिक अवसर प्रदान गर्ने आफ्नो हैसियतअनुसारको सेयर प्राप्त गर्दछन् । टिकट दिँदा स्रोतसाधन सम्पन्न र उनीहरूको स्रोतबाट नेतृत्व पंक्तिसमेत निर्वाचनमा प्रतिस्पर्धा गरेर विजयी हुन सक्ने गरी व्यवस्थापन गरिएको हुन्छ । ठूला ठूला ठेकेदार र व्यापारिक घरानाकालाई यसप्रकार राजनीतिमा प्रोत्साहन प्रदान गरिन्छ । यदि, नेतृत्वलाई यस्ता होनहार उम्मेदवार निर्वाचनमा विजयी हुन नसक्ने देखिएमा समानुपातिकतर्फ मनोनयन गर्दै केन्द्रीय राजनीतिमा स्थान दिइएको हुन्छ । देशभरका यस्ता प्रतिस्पर्धीलाई सबै दलले आफ्नो दलभित्र आमन्त्रण गरिरहेको अवस्था छ । धेरै प्रकारका व्यापारी, उद्योगी, ठेकेदार मात्र होइनन् यी क्षेत्रका माफियाहरूले नेपालको राजनीतिमा ठूलो पक्कड कायम गरेका छन् ।
यी दल र दलका नेताका लागि दाता हुन् । आफ्नै खर्चमा निर्वाचन लडी विजयी भएर आउने, नेताको आवश्यकतानुसार खर्चको व्यवस्था गर्ने, दल सञ्चालन गर्न आर्थिक स्रोत व्यवस्थापन गर्ने टिकट दिने आधारहरू स्पष्ट छन् । यही कारणले गर्दा धनाढ्य व्यापारीहरू क्रमशः विभिन्न दलबाट समानुपातिक र बढी मत ल्याउने विजयी हुनेगरी पटक पटक टिकट पाइरहेका छन् । यस्ता दातालाई उनीहरूको व्यवसाय प्रभावित हुनेगरी नीति निर्माण गर्न सकिने मन्त्रालयका मन्त्रीसमेत सहजै बनाउँदा स्वार्थको संघर्षको अवस्था सिर्जना हुनेमा संवेदनशील देखिएका छैनन् । यी स्रोत साधन सम्पन्न धनाढ्यहरूमा राजनीतिक सिद्धान्त आस्था केही रहँदैन ।
उनीहरूको धर्म भनेकै अत्याधिक रकम आर्जन गर्नु हो । राजनीतिक परिवारको सदस्य हुनु पनि जरूरी छैन किनकि ती राजनीतिक परिवारका लागि अपरिहार्य बनिसकेका हुन्छन् । उनीहरूले राजनीतिक कृपा पाउने अवस्था स्रोतसाधनबाटै खरिद गरेका हुन् । यही कारणले गर्दा नेपालको राजनीति अत्यन्त खर्चिलो बनेको छ । देशमा भ्रष्टाचार हुनुको मुख्य कारणका रूपमा यसैलाई लिने गरिएको छ ।
दलभित्रको समूहसँगको आबद्धता र घनिष्ठताले नेपालको राजनीतिमा पकड जमाउने गरेको छ । विभिन्न ठूला दल नेतृत्व पंक्तिसँग द्वन्द्व आमन्त्रण गर्ने तर तुलनात्मकरूपमा योग्यपात्रलाई राजनीतिक दृश्यबाटै पलायन बनाउने क्रम जारी छ । ठूला नेतासँग राम्रो सम्बन्ध भएका आपराधिक प्रवृत्तिका व्यक्तिले समेत दलबाट टिकट पाउछन् । अरूको तुलनामा निर्वाचन जित्न समेत सहज हुन्छ, किनकि नेतासँगको पहुँचले गर्दा आफ्नो विधान क्षेत्रमा पर्याप्त बजेट विनियोजन गराउन यस्ता प्रियपात्र सफल हुन्छन् । मतदातासमेत एक आदर्श, निष्ठावान् व्यक्तिभन्दा आफैं पनि धनाढ्य भएको र नेतृत्वसँग नजिक भएकालाई मतदान गर्दछन्, यसमा उनीहरूको सामूहिक र व्यक्तिगत स्वार्थ छिपेको हुन्छ ।
समाजमा घृणाका पात्र बनेका, चरित्र खराब भएकाहरू, भ्रष्टाचारीले निर्वाचनमा टिकट पाइरहेका छन् । अपराधीहरूलाई आफू निकट भएकै कारण सबै दलले अवसर दिँदै आएका छन् । वर्तमान संसदमा रहेका जनप्रतिनिधिको मुखुण्डो ओढेकाहरू अदालतबाट अपराधी प्रमाणित भएका छन् । कोही कैद सजाय तोकिएकालाई टिकट दिई विजय बनाएर ल्याइएको छ, फरार रहेको अवस्था छ । ठूलो रकम घुस मागेको रेकर्ड सार्वजनिक भएकालाई दलका शक्तिशाली नेताको आशीर्वाद प्राप्त छ ।
पटक पटक टिकट पाएका छन्, मतदाताहरू उनै भ्रष्टलाई निर्वाचित गरी पठाउन उद्यत रहन्छन्
राष्ट्रियस्तरमा नाम कमाएका गुण्डाका नाइकेलाई दलमा स्वागत गर्ने प्रतिस्पर्धा दलभित्र छ । जनता तीनै गुण्डालाई सर्वसम्मतरूपमा निर्वाचित गरी पठाउँछन् । यस्ता कुख्यात गुन्डाका नाइकेलाई टिकट दिँदा थोरै मात्र पनि असहज महसुस दलका नेतालाई हँुदैन । सञ्चार माध्यम र सचेत मतदाताको तीव्र विरोधपश्चात् यस्तो टिकट बाध्य भएर खोसिएको स्थितिसमेत एमाले दलमा पाइएको छ । आफ्नो राजनीतिक यात्रामा कतिपय अवस्थामा यी ग्याङस्टारहरूलाई दलले निर्वाचनको दौरानमा र अन्य समयमा पर्याप्त उपयोग गरेका हुन्छन् । त्यसैले नेतृत्वमा रहनेहरू स्रोतसाधन सम्पन्न, भ्रष्टहरू र गुण्डाका नाइकेसँग नतमस्तक हुन्छन् ।
यी सबै विकृति र विसंगतिको विकाश नेपालको राजनीतिमा भइरहेको छ । यसका लागि राजनीतिक दल मात्र जिम्मेवार छैनन्, समग्र समाज, मतदाता, सचेत नागरिक, सबै जिम्मेवार देखिन्छन् । नागरिक समाजले आफ्नो क्रियाशीलता इमानदारिता साथ निर्वाह गर्न नसक्दा यो अवस्था सिर्जना भएको हो । नेपालमा लोकतन्त्रको संस्थागत विकाश हुन नसक्नु यसको अर्को कारण हो । लोकतन्त्रको हदैसम्मको दुरूपयोग हुँदै गर्दा त्यसलाई सुधार गर्न कुनै पनि प्रकारको दबाब नेपाली नागरिकका तर्फवाट खासै भएको छैन ।
जब समाज आफ्ना नेतालाई उनीहरूबाट भएको गलत कार्यका लागि खबरदारी गर्न चाहँदैन, नागरिक समाज दलीय कित्तामा विभाजित हुन पाउँदा गौरव महसुस गर्दछ त्यस देशले पाउने प्रतिनिधि भनेकै कालाबजारिया, माफिया, भ्रष्टाचारी, मुनाफाखोरलगायतका सबै प्रकारका अपराधीहरू नै हुन् । नेपालको राजनीति यसतर्फ नराम्ररी फस्दै गएको छ । अपराधीहरूको सौदाबाजी नेपालको शासन प्रणालीमा हाबी भइरहेको छ । राजनीतिक दललाई स्रोत साधन संकलन गर्ने उद्देश्यले समेत औपचारिक संस्थाहरू अस्तित्वमा रहेका छन् ।
देशमा प्रभावकारी संगठनको विकाश नहुँदा र लोकतन्त्रको संस्थागत विकास नभएको स्थितिमा दल र नेता यसैगरी गलत मार्गमा लिप्त हुन पुग्दछ । परिणामस्वरूप जनताले आफ्नो रगत पसिना बगाएर धेरै देशभक्तले आफूलाई बलिबेदीमा चढाएर प्राप्त गरेको लोकतन्त्र धराशायी बन्न पुग्दछ । यस अवस्थामा समेत हाम्रा राजनीतिज्ञमा चेतना आउन सकेको छैन । तसर्थ, नेपालको लोकतन्त्रलाई सुधार गर्दै समुन्नत नेपालको दिशामा अग्रसर हुने र सुशासन कायम गर्ने सन्दर्भ सिद्धान्तमा मात्र सीमित भएको छ ।
प्रतिक्रिया दिनुहोस्