सुमन बिश्वकर्माको लय शब्दमा बिनोद र अन्जुको दमदार अभिनय रहेको गीत मुटु खाईरयो सार्वजनिक….

दोहा कतार – नेपाली गीत सङ्गीतको महासागर भित्र हरेक दिन नयाँ सिर्जनाहरु सार्बजनिक भएका हुन्छ्न कहिले छमछमी नचाउने खालका गीत सार्वजनिक हुन्छ्न त कहिले सामाजमा घटिरहेका समसामयिक घटनालाई आधार बनाएर माया पिरतिका गहिरो भाव बोकेका गीतहरू सार्वजनिक भएका हुन्छ्न।

यतिबेला सुमन बिश्वकर्माले त्यस्तै एउटा सामाजिक घटना परिघटनामा आधारित गीत “मुटु खाईरयो” साङ्गीतिक बजारमा सार्वजनिक गरेका छ्न । सुमन आफैले लय शब्द भरेका यो गीत शुक्रबार बिहान सार्वजनिक भएको हो।

चर्चित लोक तथा दोहोरी गायक पुस्कल शर्मा र गायिका सुनिता बुढा क्षत्रीको सुमधुर आवाजमा सजिएको गीतको एरेन्ज पछिल्लो समय अत्यन्तै व्यस्त एरेन्जर पुर्ण संयोगले गरेका हुने भने मारुणी रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो।

बिनोद सुन्दासको निर्देशनमा निर्माण भएको गीतको भिडियो छायांकन करण चैसिरले गरेका हुन । बिनोद सुन्दास, अन्जु निरौला, ओम श्रेष्ठ, रोजन सुन्दास सङ्गै अन्य आधा दर्जन कलाकारहरुले उत्कृष्ट अभिनय गरेका छन भने भिडियो सम्पादन अमृत चापागाईंले गरेका हुन ।

माया पिरतिको बिषयलाई उठाएर समाजमा घटिरहने एउटा समसामयिक घटनाको यथार्थ काल्पनिक रुप भिडियोमा देखाउन खोजिएको छ। भिडियोमा एउटा नोकर र धनी घरकी छोरी बिच पलाएको चोखो र निश्चल माया पिरतिलाई समाजले कुन रुपमा हेर्छ र के गर्छ भन्ने सम्मको कुरा स्पष्ट देखाइएको छ।

भिडियो सुन्दास फिल्मस (Sundas films) युटुब च्यानल मार्फत सार्बजनिक भएको छ।

भिडियो हेर्न तल दिइएको लिङ्कमा क्लिक गर्नु होला ।

👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️

 

 

 

 

सम्बन्धित समाचार