फरार रहेका ४८ वर्षीय काकी र २४ वर्षीय भतिजो सँगै यस्तो अवस्थामा फेला परे (भिडियो हेर्नुहोस)

फरार रहेका ४८ वर्षीय काकी र २४ वर्षीय भतिजो यस्तो अवस्थामा फेला परे (भिडियो हेर्नुहोस)

केही दिन अघि सुनसरी जिल्लाको धरान उपनगरपालिका पानमारा ६ मा भतिज र काकी फरार भएका थिए । भतिजासँग जानू भन्दा पहिले नै ती काकिले आफ्नी साथी दिलमायालाई सबै कुरा भनेको दिलमायाले मिडिया सामु बताएकि थिइन् । दिलमाया सँग उनले आफू यो घरमा बस्न नसक्ने भनि पहिले देखिनै बताउँदै आएको दिलमायाले मिडियालाई बताएकी थिइन् ।भतिजा २४ वर्षका हुन भने ती काकी ४८ वर्ष कि हुन । ती काकी पर्नेले आफुलाई छोरा बुहारीले हेला गर्ने गरेको भन्दै गुनासो पोख्ने गरेको दिलमायाको भनाई थियो ।

 

उनिहरुको त्यसरी हिडेको भनि उनका आफन्तहरु मिडियामा आए पछि उनिहरुको खोजी भएको थियो । उनिहरु हराएको करिव ३ महिना पछि अहिले उनिहरु एउटै कोठामा भेटिएका हुन । भतिजो पर्ने गोपालले पनि आफ्नो केही नाता नपर्ने बताए । आफुहरु बिबाह नै गरेर आएको दुबैले स्विकार गरेका छन । ती काकिले आफुलाई छोरा बुहारिले राम्रो नगरेको बताईन । उनलाई खोज्दै आएका छोरा भने इलाम बस्दै आएका थिए ।

 

आफुले साइनोमा जे भनेर बोलाएता पनि बिबाह गरेर नै ल्याएको हो भन्दै आफू सगै राख्ने बताए । उनिहरु बस्दै आएको घरमा पनि आफुहरु श्रीमान श्रीमती भनी बसेको स्थानियले बताएका छन । गोपाल आफ्नो जेठाजुको छोरा नभएको पनि ती काकिले बताईन । गोपाल भने नागरिकता बनाउन जादाँ आफ्नो छोरा होइन भन्दै बाउले नबनाईदिए पछि बिबाद भएर ती काकीको घरमा करिव ४ महिना अघिबाट बस्दै आएका थिए । त्यहिबाट उनिहरु फरार भएका हुन ।

 

भतिजो भनिएता पनि आफ्नै जेठाजुको छोरा नभएर जेठानिले अन्तैबाट पेट बोकेर ल्याएको भनाई ती काकिको थियो । अन्तैबाट पेट बोकेर जेठानि आएको र जेठाजुले न्वारान मात्र गरेको भन्दै बिबाह गर्न हुने भनी ती काकिले यश अघि नैआफ्नी साथी दिलमायालाई बताएकी थिइन । गोपालले भने आफुलाई बाउले छोरा होइन भनेको र आफ्नो बाउ पनि अर्कै भएकोले आफुहरुको कुनै नाता नभएको बताउँछन । ती महिलाले पनि गोपाल आफ्नो जेठाजुको छोरा नभएको बताउँछिन ।

 

आफू अब बिहे गरेर आई सके पछि फर्किएर नजाने ती महिलाले बताईन । तर उनका छोरा बुहारिले भने अहिले यसरी आए पनि पछि आमालाई छोडेर कतै हिड्ने भन्दै आफुहरु आमालाई लिएर जाने बताए । उमेर पनि आधा फरक भएकोसगँ आफुहरु आमालाई नछोड्ने छोरा बुहारिको भनाई थियो । त्यहाका स्थानियहरुले पनि उनिहरुको सम्बन्ध केही समय पछि नरहने भन्दै प्रहरीमा कागज लिएर छोरासगैँ जान ती महिलालाई अनुरोध गरे । छोरा बुहारीहरु सहित त्यहा पुगेको मिडियाले प्रहरीमा छलफल गरि निर्णय गर्ने भनी उनिहरुलाई प्रहरीको जिम्मा लगाईएको छ । (भिडियो हेर्नुस)

 

सम्बन्धित समाचार