पौष ०८ गते बिहीवारको हेर्नुस् राशिफल सेयर गरी मुक्तिनाथको दर्शन गरौ

वि.सं. २०७८ पौष ०८ गते बिहीवार तदनुसार ई. सं. २०२१ डिसेम्बर २३ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११४२, (थिल्लागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:४२ बजे र सूर्यास्त : साँझ ०५:०७ बजे, चन्द्रास्त : बिहान ०९:१४ बजे र चन्द्रोदय : बेलुका ०८:१६ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:५२ बजे र सूर्यास्त : साँझ ०५:१३ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:५९ बजे र सूर्यास्त : साँझ ०५:१७ बजे, पौष कृष्णपक्षको चतुर्थी (चौथी) तिथि, दिउँसो ०३:३७ बजेसम्म, त्यसपछि पञ्चमी तिथि, अश्लेषा नक्षत्र, मध्यरात्रीपछि १२:३२ बजेसम्म, त्यसपछि मघा नक्षत्र, चन्द्रमा कर्कट राशिमा, मध्यरात्रीपछि १२:३२ बजेसम्म, त्यसपछि सिंह राशिमा, वैधृति योग, दिउँसो ११:०७ बजेसम्म, त्यसपछि विष्कुम्भ योग, सुरुमा बालब करण दिउँसो ०३:३७ बजेसम्म, त्यसपछि कौलव करण मध्यरात्रीपछि ०३:५७ बजेसम्म, अन्तिममा तैतिल करण, आनन्दादि योग : अमृत, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : नैऋत्य (दिउँसो ०३:३७ बजेसम्म), त्यसपछि दक्षिण, वारशूल : दक्षिण, वाणपञ्चकमध्ये रोग वाण : बिहान ०८:५३ पछि, कालराहु चक्रमा कालको दिशा : दक्षिण र पाशको दिशा : उत्तर, आजको मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त),

 

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ०९ गते : मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), १० गते : क्रिसमस डे, मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), ११ गते : श्री रविसप्तमी व्रत, भानु सप्तमी, अष्टमी व्रत, त्रिपुष्कर योग सूर्योदयपूर्व १२:४९ बजेदेखि दिनको ०३:३९ बजेसम्म, मूहुर्त : अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन),

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
घरपरिवारभित्रका विविध समस्यामा रुमल्लिनुपर्ने छ । आन्तरिक सम्पत्तिको लेखाजोखा र बाँडफाडका विषयमा केन्द्रित हुने दिन छ । घरबाहिर बस्नेका लागि वा वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । दार्शनिक वा बौद्धिक क्षेत्रमा दिलचस्पी बढ्नेछ । ज्ञानगुन, परोपकार र वैराग्यका भावनाहरू सञ्चरण हुन्छन्, तर दिनभरि शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नम: भद्रकाल्यै न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कडा मिहिनेतपछि अन्त्यमा सफलता मिल्नेछ । नयाँ कामधन्दा वा व्यवसाय सुरु गर्न उत्ति राम्रो देखिंदैन, किनभने तृतीय भावमा रहेको कमजोर चन्द्रमाको प्रभावले मित्रवर्ग र साथीभाइले तपाईंको काममा साथ दिन सक्दैनन् । कुनै काममा अरुको आशा नगरेको जाति हुन्छ । बन्दव्यापारमा सामान्यतया राम्रै छ । परोपकार र धार्मिक क्षेत्रमा खट्नुपर्ने छ । आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धरणीसुताय नम: न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
चेलीबेटी र कुटुम्बपक्षका काममा समय दिनुपर्ने छ । बन्दव्यापार राम्रो छ । आर्थिक लगानी बढाउन अनुकूल छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ । प्रशंसकहरू बढ्ेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । आजको भाग्यबल ४० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नम: न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
नयाँ कामको लागि नयाँ अवसर मिल्नेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । घरपरिवारमा राम्रो छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आजको भाग्यबल ७५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ केशवाय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
राशिमा चन्द्रमाले प्रवेश गर्ने भएकाले साँझपख उत्साह र उमङ्गमा बृद्धि हुने दिन छ । त्यसैले आज दिनभरि तपाईंले धनको कारोबारमा सतर्क रहनु बेस हुनेछ । नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्नसक्छ । जुवातास र सट्टाबाजीबाट जोगिनु राम्रो हुन्छ । बिक्रीबट्टा र बन्दव्यापार फाइदा छैन । परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्ता बढ्नेछ । आजको भाग्यबल २० प्रतिशत देखिन्छ, साथै आजका लागि आजको भाग्यबल ७५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ केशवाय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पराक्रम र प्रसिद्धिमा बृद्धि हुने समय छ । मिहिनेत गर्नुपर्छ, जे गरे पनि सफलता आर्जन हुने दिन छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ वा धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । नोकरी गर्नेले मानसम्मान पाउनेछन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । आजको भाग्यबल ८५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बगलामुखीदेव्यै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मातापिताको चाहना र सेवासुश्रुषाप्रति समर्पित हुने दिन हो । मातापिता र अभिभावकवर्गको स्वास्थ्यस्थितिमा देखिएको खराबीले चिन्तित तुल्याउन सक्छ । ठूलाबडाको निर्णयमा दोधारेपन देखिने छ । झिनामसिना घरायसी काममा आजको समय व्यतीत हुनेछ । पापमतितर्फ आकर्षण तथा परोपकार र धार्मिक भावनामा विकर्षण बढ्नाले कर्मनाश हुनसक्छ । आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वास्तुदेवताभ्यो नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
दान, पुण्यका कार्यमा आकर्षण बढ्नेछ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । ज्ञानगुन र बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । बन्दव्यापार फस्टाउने छ । आम्दानीमा कमी हुनेछैन । सानो प्रयासले रोकिएको काम बन्नेछ । पारमार्थिक काममा खट्नुपर्ने समय छ । धार्मिक/सामाजिक क्षेत्रमा समय दिन सकिन्छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गुरवे नम: न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
भाग्यस्थानमा चन्द्रमाको प्रवेश हुँदैछ, तर पनि परिस्थिति विपक्षमा नै रहने सङ्केत देखिन्छ । कडा परिश्रम व्यर्थै खेर जानसक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । कताकता भाग्यबलमा कमी भएको आभास गर्नु हुनेछ । बन्दव्यापार र रोजगारीको क्षेत्रमा लगनशील र सक्रिय भएमा मात्र सफलता पाउनु हुनेछ । दिउँसोबाट निराशाको अन्त्य हुनसक्छ । आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वायुपुत्राय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मेजमानीको अनुकूलता प्राप्त हुनेछ । दाम्पत्यसम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ । परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । स्वास्थ्यस्थितिमा अनुकूलता आउने छ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्नसक्छ । आजको भाग्यबल ५० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कुलदेव्यै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
काममा बाधाअड्चन हुनाले तथा आर्थिक समस्याले सङ्कट उत्पन्न गराउन सक्छ । अध्ययन, अध्यापन र लेखनको कार्यमा रुचि देखिंदैन । स्वास्थ्यस्थितिमा सामान्य समस्या देखा पर्नसक्छन । राती अबेर सातौं भावमा चन्द्रमाको प्रवेश हुने हुँदा मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ र विलासिताका भावनाहरू जागृत हुनेछन् । आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिबृद्धि हुनेछ । गुरुजन, अभिभावक र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । माया/प्रेमको वातावरण बन्नेछ । आजको भाग्यबल ९५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ग्रां ग्रीं ग्रौं स: गुरवे नम: न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

सम्बन्धित समाचार