पौष १७ गते शनिवारको हेर्नुस् राशिफल सेयर गरी दक्षिणकाली को दर्शन गरौ

वि.सं. २०७८ पौष १७ गते शनिवार तदनुसार ई. सं. २०२२ जनवरी ०१ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११४२, (थिल्लागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:४६ बजे र सूर्यास्त : साँझ ०५:१३ बजे, चन्द्रास्त : दिउँसो ०३:५२ बजे र चन्द्रोदय : भोलि बिहान ०४:३८ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:५६ बजे र सूर्यास्त : साँझ ०५:१८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०७:०२ बजे र सूर्यास्त : साँझ ०५:२२ बजे, पौष कृष्णपक्षको चतुर्दशी तिथि, मध्यरात्रीपछि ०२:४७ बजेसम्म, त्यसपछि अमावस्या तिथि, ज्येष्ठा नक्षत्र, साँझ ०६:२७ बजेसम्म, त्यसपछि मूल नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा, साँझ ०६:२७ बजेसम्म, त्यसपछि धनु राशिमा, गण्ड योग, दिउँसो ०१:१९ बजेसम्म, त्यसपछि बृद्धि योग, सुरुमा विष्टि/भद्रा करण साँझ ०३:५८ बजेसम्म, त्यसपछि शकुनि करण मध्यरात्रीपछि ०२:४७ बजेसम्म, अन्तिममा चतुष्पाद करण, (भद्राको वास : स्वर्गलोक), आनन्दादि योग : मुसल, चन्द्रवर्ण : रातो (साँझ ०६:२७ बजेसम्म), त्यसपछि पहेंलो, चन्द्रदिशा : उत्तर (साँझ ०६:२७ बजेसम्म), त्यसपछि पूर्व, योगिनीदिशा : पश्चिम, वारशूल : पूर्व, वाणपञ्चकमध्ये रोग वाण : सूर्योदयपूर्व ०३:५५ देखि भोलि बिहान ०३:२० सम्म, नक्षत्र शूल : पूर्व, कालराहु चक्रमा कालको दिशा : पूर्व र पाशको दिशा : पश्चिम, आज : ख्रिष्टीय नयाँ वर्ष सन् २०२२ प्रारम्भ, दिशि चह्रे पूजा, आजको मूहुर्त : कलशचक्र,

 

 

 

 

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– १८ गते : पौषे औंसी, वेत्रावती, गोकर्ण, विष्णुपादुका, बराहक्षेत्र, भारतको गयालगायतका तीर्थमा गएर श्राद्ध गर्ने दिन, दर्श श्राद्ध, हलो तथा निशि बार्ने दिन (अमावस्याका दिन मातापिता नहुनेले बेलुकाको छाक बार्ने चलन छ), मौनी अमावस्या, शुक्र बार्द्धक्य (शुक्रास्त दोष) प्रारम्भ, १९ गते : तोल ल्होच्छार, मूहुर्त : अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), २० गते : चन्द्रोदय (चन्द्रदर्शन), त्रिपुष्कर योग दिनको ०१:५० बजेसम्म,

 

 

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

उपलब्धिमूलक र रमणीय यात्राको सम्भावना छ । तपाईंका बानीव्यहोरा र आन्तरिक क्रियाकलाप अनुयायीका लागि प्रेरणाको स्रोत बन्नसक्छ । काममा ढिलासुस्ती भए पनि चिताएको परिणाम प्राप्त हुने योग छ । परोपकार र धार्मिक क्षेत्रका क्रियाकलापमा ध्यानकेन्द्रित हुनसक्छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । साँझ परिवारमा रमाइलो जमघट हुनेछ । आजको भाग्यबल ८० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ शं शनैश्चराय नम: न्यूनतम जापसङ्ख्या : २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

के गर्ने के नगर्ने भन्ने बेचैनी हुनसक्छ । सकेसम्म घरपरिवार र प्रेमसम्बन्धमा समय दिन सकेको जाति हुन्छ । बन्दव्यापार र व्यवसायबाट राम्रै लाभ हुनेछ । सँगीसाथी र परिवारका सदस्यले समय दिन सक्दैनन् । गरेका कार्यहरूमा ढिलोमात्र सफलता मिल्नेछ । बेलुका चन्द्रमाले आठौं भावमा प्रवेश गरेपछि समयमा अझ आफ्नो पकड रहनेछैन । आजको भाग्यबल ३५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कामाक्षीदेव्यै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ, तर परिणाम तपाईंकै पोल्टामा आउने छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ । वैदेशिक प्रयोजनको वा लामो दूरीको यात्राका लागि प्रयास हुने सम्भावना छ । मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । आजको भाग्यबल ५५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : ध्वाँसे/कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ रां राहवे नम: न्यूनतम जापसङ्ख्या : १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

मानसम्मानमा बृद्धि हुनेछ । आज मुखमा सरस्वतीको बास भएको दिन हो, महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । सहयोगीहरूले साथ दिनेछन् । अपराह्नपछि निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन् । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ भुवनेश्वर्यै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

 

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

घरपरिवारमा आनन्दको वातावरण सिर्जना हुनेछ । स्वास्थ्य सबल रहनेछ । शरीर फुर्तिलो रहनेछ । चिताएका काम बन्नेछन् । प्रणयसम्बन्ध र दाम्पत्य जीवनमा रमाइलोपन देखिने छ । मान्यजन र अभिभावक वर्गबाट आशीर्वाद र सुझाव प्राप्त हुनेछ । घरपरिवारमा खुसीको वातावरण आउने छ । बन्धुवान्धव र छर–छिमेकीले सहयोग पुर्याउने छन् । आजको भाग्यबल ४५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कुलपूजितायै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

नयाँ कामधन्दा वा व्यवसाय सुरु गर्ने अवसर प्राप्त हुनेछ । रोकिएका कामहरू बन्नसक्छन्, तर अरुमाथि भर पर्नुहुँदैन । सानातिना कुरामा अल्मलिने समय छैन, ठूलो आशा देखाउनेहरूले धोका दिन सक्छन् । कामको चाप र दायित्व बढ्नेछ । अरुका जिम्मेवारी समेत वहन गर्नुपर्ने योग छ । पारिवारिक समस्या झेल्ने परिस्थिति सिर्जना हुनेछ । आजको भाग्यबल ३५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

व्यापारबाट लाभ पाइने छ । कृषि, वन र माटोसम्बन्ध व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धनार्जन गर्ने अवसर पाउनु हुनेछ । मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ । घुमघाम र भेटघाटको समय छ, मेवामिष्टान्न र परिकार मिल्नेछ । नातागोताको कामधन्दा गर्दा सन्तुष्टि प्राप्त हुनेछ । दिन ढल्दैजाँदा विशिष्ट व्यक्तिसँगको सामीप्य बढ्नेछ । आजको भाग्यबल ७५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धनदाय कुबेराय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ । पारिवारिक सहयोग बढ्नेछ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । अब पछाडि बसेर तपाईंका कुरा काट्नेहरू चुप लाग्नेछन् । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अञ्जनीसुताय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

बन्दव्यापारमा फाइदा नै देखिन्छ तर रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ । आर्थिक समस्या हल गर्ने कुनै नयाँ उपाय देखा पर्नेछ । ठूलो महत्त्वाकाङ्क्षा राखेर धनलगानी गर्नु राम्रो हुनेछैन, जुवातास र सट्टाबाजीबाट जोगिनु पर्छ । अनिच्छित जिम्मेबारी वहन गर्नुपरे पनि ख्याति बढ्ने सम्भावना छ । मनोरञ्जनमा खर्च बढ्नसक्छ । आजको भाग्यबल ४५ प्रतिशत देखिन्छ, साथै आजका लागि आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अञ्जनीसुताय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

 

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । घरपरिवार र सन्ततिप्रतिको जिम्मेबारी बढ्नेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सूर्यात्मजाय नम: न्यूनतम जापसङ्ख्या : २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन, मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ विश्वकर्मणे नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुने दिन हो । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा र सम्मान पाइने छ । ठूलाबडाको साथसहयोग पाइने छ । कामको दायित्व थपिने सम्भावना छ । नयाँ ठाउँमा निवेशको वातावरण बन्नेछ । आजको भाग्यबल ८० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सुराचार्याय नम: न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

सम्बन्धित समाचार