द भ्वाइस किड्सी फाईनलिष्ट पेमा दिछेन तामाङको स्वरमा ’सुपारी कुटुक्कै सार्वजनिक हेर्नुस् (भिडियो सहित)

 

काठमाण्डौं – पूर्वेली लोक लयमा तयार पारिएको बहु प्रतिक्षित गीत ’सुपारी सुटुक्कै’ नेपाल मिडिया को अफिसियल युट्युब च्यानलबाट हालै सार्वजनिक भएको छ ।

 

 

डि आर अटु को शब्द रचना रहेको सो गीतमा पुर्वेली लोक संस्कृति, किराँती जनजीवन(राई÷लिम्बू)लाई चित्रणको परम्परागत लोक सभ्यतालाई देखाइएको छ । गीतमा प्रेमील मनका प्रेमका बोलीहरुलाई समेटिएका छन् ।

 

 

द भ्वाइस अफ किड्सी कि फाईनलिष्ट पेमा दिछेन तामाङ र गायक संगाम शेर्मा को स्वरमा रहेको यो गीतमा संगीत चर्चित संगीतकार डि आर अटुले संगीत भरेका छन् ।

 

 

सो गीतको संगीत संयोजन भने राजु कार्कीले गरेका हुन्। लिम्दुनी क्रियसन र कोरियन स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई निरु लावती लिम्बूले प्रस्तत गरेकी हुन्।

 

 

पुर्वेली लोकजीवन र रहनसहनलाई मायाप्रेमसँग फ्युजन गरेर उत्पादन गरिएको सो गीतको म्युजिक भिडियोलाई दिनेश माङबोले निर्देशन गरेका छन् ।

 

 

गीतमा मुख्य अभिनय विल्सन विक्रम राई ,पेमा दिछेन तामाङ, पुष्पाञ्जली तिलिङ मादेन , रुद्ध पाहिम , चन्द्र गोले तामाङ, संगै प्रिया लिम्बुले पनि साथ दिएका छन् ।

 

 

उक्त गीतको भिडियोलाई अनिल राना ले सम्पादन गरेका हुन् भने यसै गरि बुद्ध थापाले क्यामेरा कैद गरेका हुन्। सुपारी कुटुक्कै ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://youtube.com/watch?v=WWlJFPgTtf8&feature=share

सम्बन्धित समाचार