पल प्रकरणमा नायिका रेखा थापालाई गाली गरेको अभियोगमा शर्मिला वाइबा पक्राउ

 

काठमाडौं – रेखा थापाविरुद्ध गालीगलौजको जाहेरी परेपछि एक युवती प्रहरीको नियन्त्रणमा परेकी छन् । पक्राउ पर्नेमा काठमाडौंको बालाजुमा बस्दै आएकी शर्मिला वाइबा रहेकी छन् ।

 

गालीगलौजको जाहेरी परेपछि वाइबालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले बताएको छ । उनीमाथि अभिनेत्री रेखा थापालाई गालीगलौज गरेको भन्दै गत शुक्रबार साइबर व्युरोमा जाहेरी परेको थियो ।

 

 

वाइबा विरुद्ध जाहेरी थापाको तर्फबाट उनकी दिदी तारा थापाले गराएकी थिइन् ।पल शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी नाबालिक पीडितको पक्षमा बोलेको भन्दै अभिनेत्री थापालाई गालीगलौज गरिएको उजुरीमा उल्लेख छ ।

 

 

सम्बन्धित समाचार