चुनावको बेला अमेरिका पुगेकी केकीको अपिल : भन्छिन् , मताधिकारको सही प्रयोग गर्नुहोला!

काठमाडौं – अभिनेत्री केकी अधिकारी एक टेलिभिजन रियालिटी शोको कार्यक्रममा भाग लिन अहिले अमेरिकामा छिन् । विवाह गरेको एक सातामै उनी अर्की अभिनेत्री रीमा विश्वकर्मासँगै न्युयोर्क उडेकी हुन् ।

 

 

स्थानीय चुनावको छेकोमै विदेश उड्नुपरेपछि केकी मतदानबाट वञ्चित हुने भएकी छन् । मताधिकारको प्रयोग गर्न नपाएकोमा आफूलाई चित्त दुःखेको केकीले बताएकी छन्।

 

 

फेसबुकमा स्टाटस लेख्दै केकीले निर्वाचनको समयमा देशबाहिर हुनु र बहुमूल्य भोटको प्रयोग गर्न नपाउनुले चित्त दुखेको उनले उल्लेख गरेकी छन् । ‘तपाईंहरुले एक भोटको मूल्य पक्कै बुझ्नुभएको छ ।

 

 

निर्वाचनमा सहभागी भई मताधिकारको सही प्रयोग गर्नुहोला,’ उनी लेख्छिन्, ‘शान्त, सुरक्षित अनि सुव्यवस्थित वातावरणमा निर्वाचन सम्पन्न हुनसकोस् भन्ने कामना गर्दछु ।

 

 

केकी मात्र होइन, चुनावको मुखमै विदेश उडेका अन्य कलाकार पनि मताधिकारबाट वञ्चित हुनेछन् । अभिनेता सलोन बस्नेत ‘हनी बनी’ फिल्म छायांकनका लागि लण्डन पुगेका छन् ।

 

 

सम्बन्धित समाचार