प्रतिद्वन्द्वीलाई दोब्बर मतान्तरले पछि पार्दै मुस्ताङ्मा एमालेले सुरु गर्यो बिजय यात्रा!

मुस्ताङ – मुस्ताङमा नेकपा एमालेले जीतको खाता खोलेको छ । जिल्लाको घरपझोङ गाउँपालिका १ को वडा अध्यक्षमा एमाले उम्मेदवार विजयी भएका हुन् ।

 

 

जम्मा १५४ मत खसेको वडामा १४९ मत सदर भएको भएको थियो । जसमा एमालेका उम्मेदवारले अध्यक्षमा विजयी एमालेका उम्मेदवारले १०६ मत प्राप्त गरेको जाइएको छ । प्रतिद्वनद्वि कांग्रेसले भने ४३ मत प्राप्त गरेको छ ।

 

 

घरपझोङ गाउँपालिकाका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँ वडा सदस्यहरु भने निर्विरोध निर्वाचित भएको जनाइएको छ ।

 

 

काठमाडौं महानगरपालिकाको मतगणना तत्काल नहुने भएको छ । मतपेटिका ल्याउने क्रम अझै जारी रहेकाले मतगणना थालनी गर्न अझै समय लाग्ने काठमाडौंका प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

 

अहिलेसम्म मत गणनको लागि समय तय भइनसकेको निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले जनाएको छ । काठमाडौं महानगरको मतगणना सुरु भइसकेको भन्दै यसअघि नै सामाजिक संजालमा सार्वजनिक भएको भएपनि त्यो सत्य नभएको काठमाडौंका प्रमुख निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बताए ।

 

 

काठमाडौं जनसंख्याको आधारमा सबैभन्द ठूलो महानगरपालिका हो । यहाँ ३२ वडा रहेको छ भने ३ सय ६३ वटा मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको थियो ।

 

https://youtu.be/dGVTRR_O-pk

सम्बन्धित समाचार