गायनसंगै मोडलिङमा पनि जम्दै उत्तम राई (भिडियो सहित) 

काठमाडौं : गायक तथा संगीतकार उत्तम राईको आवाज साथै अभिनय रहेको ‘आ है लै बरी’ गीतको भिडियो बजारमा आएको छ ।

 

शब्द तथा संगीत मबिन्द्र राईको रहेको गीतमा लुमान स्थापितको संगीत संयोजन रहेको छ भने गीतलाई दिप घतानीले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

 

गायक तथा संगीतकार उत्तम राईको आफ्नै अफिसियल युट्युब च्यानल Uttam Rai Official मार्फत सार्बजनिक गरिएको यस गीतको भिडियोमा गायक राई र सारा लोहोरुङको अभिनय देख्न सकिन्छ ।

 

दुर्गा बान्तवा राईको निर्देशनमा तयार भएको भिडियोमा अनिशा चाम्लिङको मेकप र मनोज राईको भिडियोमा छायांकन र सम्पादन रहेको छ ।

 

भिडियो हेर्नुहोस भिडियो

 

https://youtu.be/mzt8WJQ-ic8

सम्बन्धित समाचार