गायक तथा संगीतकार मनिपाल राईको ‘क्यारम त नी’ गीतको म्युजिक भिडियो सार्वजानिक !

काठमाण्डौ – गायक तथा संगीतकार मनिपाल राईको स्वर संगीतमा सजिएको ‘क्यारम त नी’ गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।

 

लामो समयदेखि नेपाली गीत संगीत क्षेत्रमा योग्दान पुर्याउदै आउनुभएका गायक तथा संगीतकार राईले नेपाली सांगीतिक जगतमा फेरी एउटा नयाँ ईट्टा थप्ने काम गर्नुभएको छ।

 

कहिले तिमीलाई, जुनकीरीलाई, मैले हार्दा के भो प्रिय, हामी नेपाली वीर गोर्खाली जस्ता निकै लोकप्रिय गीतहरूबाट आफ्नो छुट्टै पहिचान बनाइसकेका राईले फेरी एउटा निकैनै राम्रो गीत आफ्ना श्रोता दर्शकहरू माझ ल्याउनु भएको छ।

 

उक्त गीतमा शब्द रचना चन्द्र बानियाको रहेको छ भने स्वर संगीत गायक मनिपाल राईको रहेको छ। कमल सिङ् र नग्मा श्रेष्ठ अभिनित सो गीतमा एउटा नव दुलाहा र दुलहीको क्यारेक्टरलाई दर्साइएको छ। जस्लाई भिडियो निर्देशन भने जीवन शाहीले गर्नुभएको हो ।

 

उक्त गीतलाई साइराम पिक्चरको अफिसियल युटूब च्यानलबाट सार्वजानिक गरिएको छ ।
भिडियो :

 

सम्बन्धित समाचार