यी चर्चित कलाकारहरुलाई लिएर छक्का पञ्जा ४ को शुभ साइत गरे दीपक र दीपाले, आजैबाट छायांकन सुरु

 

काठमाडौं – लोकप्रिय कलाकार तथा निर्माता निर्देशक दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले छक्का पञ्जा ४ को शुभ साइत गरेको छ ।

 

 

दीपकराज गिरी र दीपाश्री निरौलाले सोमबार भक्तपुरस्थित सुर्यबिनायकमा शुभमुर्हत गर्दै आज बाट नै फिल्मको छायांकन सुरु गर्ने जानकारी दिए ।

 

 

आमा सरस्वती मुभिजको व्यानरमा निर्माण हुने छक्का पन्जा ४ यसपटक दीपाश्रीले निर्देशन नगरी निर्देशक हेम राज बिसिको निर्देशनमा बन्न लागेको हो ।

 

उक्त चत्रचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, माग्ने बुढा , राज आचार्य ९तितो सत्यमा छोरा० लगायतका कलाकार रहेका छन् ।

 

निर्माण पक्षले उक्त चलचित्र असोजमा ल्याउने तयारी गरेको छ । यो फिल्ममा दीपाले सहनिर्देशन गर्नेछिन् । यसअघि दुई सिरिजमा नै दीपाश्रीले निर्देशक गरेकी थिइन् ।

 

सम्बन्धित समाचार