सिसिटिभी फुटेज एक घण्टामा रिकभर गरिदिन्छु : रबि लामिछाने

काठमाडाैं / राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले अर्थमन्त्रालयको डिलिट भएको भनिएको सिसिटिभी फुटेज एक घन्टामै रिकभर गर्ने दाबी गरेका छन् । पार्टीको सुदुरपश्चिम प्रदेश भेलालाई शनिबार धनगढीमा सम्बोधन गर्दै उनले डिलिट भएको भनिएको सिसिटिभी एक घन्टामै रिकभर हुने बताएका छन् ।

‘चुनौतीका साथ भन्छु, मलाई एक घण्टाका लागि अर्थमन्त्रालयको कम्प्युटरको हार्डडिस्क दिइयोस्।’, उनले भने, ‘कस्तो कलरमा चाहिन्छरु एचडीमा चाहियो कि फोरके ? रिकभर गरेर सर्वसाधारणलाई देखाउन सकिनँ भने भन्नुहोला।’  लामिछानेले प्रमुख प्रतिपक्षी एमालेले एम अधिकारीसँग सिसिटिभी फुटेज हराएको विषय साटेको आरोप समेत लगाए ।

अर्थ मन्त्रालयको सिसिटिभी फुटेज रिकभर हुन नसकेपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई शुक्रबार बजेटमा करका दर हेरफेर प्रकरणमा संसदीय छानबिन समितिले सफाइ दिएको थियो। शर्माले सफाई पाएपछि उनी फेरी अर्थमन्त्री हुने चर्ला चलेको छ ।

सम्बन्धित समाचार