काठमाडौं, ३ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमालेको सरकार बन्ने दाबी गरेका छन् ।
गृहजिल्ला झापा पुगेका ओलीले जनताले गठबन्धनलाई भन्दापनि एमालेलाई रुचाएको बताउँदै यस्तो दाबी गरेका हु्न् ।
उनले आफ्नो पार्टी सबैखाले गठबन्धनविरुद्ध एक्लै लड्न तयार रहेको भन्दै चुनावबाटै गठबन्धनलाई ठेगान लगाउने चेतावनी दिए ।
आज (शुक्रबार) झापाको दमकमा स्वतन्त्र मजदूर संगठनको सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सत्तापक्षीय गठबन्धनको पक्षमा जनता नरहेको जिकिर गरे ।
उनले सत्तापक्षीय गठबन्धनलाई भ्रष्ट नेताहरुको अपराधी गठबन्धनको संज्ञा दिँदै आगामी निर्वाचनमा जनताले पराजित गर्ने टिप्पणी गरे
प्रतिक्रिया दिनुहोस्