पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ दक्षिण एसियाको उत्कृष्ट १० उद्यमीको सूचीमा

 

काठमाडौं – मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठ दक्षिण एसियाका १० उत्कृष्ट महिला उद्यमीको सूचीमा परेकी छन् । इन द क्याप म्यागजिनले तयार पारेको सूचीमा अनुष्का तेस्रो स्थानमा छिन् ।

 

सन् २०२० मा उनले स्थापना गरेको स्थानीय डेजर्ट ब्रान्ड माकुसीले अनुष्कालाई यो उपलब्धि दिलाएको हो । उनको यो सफलताप्रति मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले बधाई दिएको छ ।

 

यो ब्रान्डले परम्परागत नेपाली स्वादको मिठाइ बिक्री गर्छ । सूचीको पहिलो स्थानमा बंगलादेशकी उद्यमी तमारा आबेद छिन् । उनले स्थापना गरेको ब्रान्ड आरोङले कफीसहित अन्य उत्पादन गर्छ ।

 

दोस्रो स्थानमा भारतकी अनिशा सिंह छिन् । उनले मायडाला ब्रान्ड स्थापना गरेर चर्चामा आएकी हुन् ।

 

अनुष्काको कुरा गर्दा उनले माकुसी ब्रान्डसँगै मिस वर्ल्डमा ब्युटी विथ पर्पस विधा पनि जितेकी थिइन् ।

सम्बन्धित समाचार