धमला पत्नी एलिजाको साडी डान्स भाइरल भएपछी! ….

काठमाडौं – गत महिना मोडल करिश्मा ढकालले ‘पापाकी परी’ बोलको तीज गीतको म्यूजिक भिडियोमा पेटिकोट लगाएर डान्स गरेको दृश्यले उधूमै मच्चायो ।

साउथ फिल्म ‘पुष्पा’को ‘सामी सामी’ गीतबाट पेटिकोट डान्स उठाइएको थियो । करिश्माको पेटिकोट डान्सको चर्चा मत्थर हुँदै गर्दा अर्की अभिनेत्री तथा मोडल एलिजा गौतमको साडी डान्स यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

एक महिनायता एलिजा क्यानडामा छिन् । त्यहाँ उनको आमा-बुबा बस्छन् भने छोरीलाई पनि त्यहीँ पढाउँदै आएकी छन् । जसले गर्दा उनी क्यानडा बाक्लै रुपमा पुगिरहेकी हुन्छिन् ।

क्यानडामै तीजको एक पार्टीमा उनले ‘काला चश्मा’ बोलको हिन्दी गीतमा अनौठो शैलीमा डान्स गरिन् । उनले साडीमा ‘डग्गी स्टाइल’मा नृत्य गरेको भिडियो सामाजिक सञ्जालमा छ्यापछ्याप्पी बनेको छ ।

उनको डान्सलाई लिएर चौतर्फी रुपमा ट्रोल बनिरहेको छ भने सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक दुवै खाले प्रतिक्रिया मिलिरहेको छ ।

फिल्म र म्यूजिक भिडियोबाट नमिलेको चर्चा यतिबेला उनलाई एउटा डान्स स्टेपले दिलाएको छ । उनले ‘डग्गी स्टाइल’मा गरेको डान्स बलिउड अभिनेत्री नोरा फतेहीको नृत्य शैलीबाट प्रभावित देखिन्छ । तर, उनको डान्स स्टेप मिलेको छैन ।

एक फिल्म र दर्जन बढी म्यूजिक भिडियोमा अभिनय गरेर पनि खासै चर्चा र लोकप्रियता कमाउन नसकेकी उनलाई श्रीमान् ऋषी धमलाकै नाममा चिनिनु पर्ने बाध्यता कायमै छ । उनले हिरोइन बन्ने सपना पूरा गर्न आफैंले फिल्म ‘अनुराग’ बनाएकी थिइन् ।

तर, फिल्म चलेन । गत वर्ष उनको अभिनय रहने गरी फिल्म ‘घुइँचो’को घोषणा गरिएको थियो । तर, अब यो फिल्म बन्नेमै शंका छ ।

यो पनि हेर्नुहोस्:-

सम्बन्धित समाचार