वर्षासँग प्रेमको परिभाषा खोज्दै राजेश हमाल

 

काठमाडौं – गायक विकास राणाको स्वरमा रहेको गीत ‘प्रेमको परिभाषा’ सार्वजनिक भएको छ । गीतमा बीबी थापाको शब्द र शशीविक्रम थापाको संगीत छ । यस गीतलाई विनोद भुजेलले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा अभिनेता राजेश हमाल र अभिनेत्री वर्षा राउत फिचर्ड छन्। बुद्ध थापाको छायांकन रहेको भिडियोमा विकास धमलाको सम्पादन छ । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

भिडियो गायक राणाको युट्युब च्यानल विकास राणाबाट सार्वजनिक गरिएको छ । यसअघि गायक राणाको स्वरमा समावेश ‘गालाको तिलैमा’, ‘तीनपाने’, ‘मुसुक्कै हास्यौ’, ‘शैलुङ’ बोलको गीतका भिडियोहरु सार्वजनिक भइसकेका छन् ।

https://youtube.com/watch?v=khw_ZUDb-7o%3Ffeature%3Doembed

सम्बन्धित समाचार