सरप्राईज : राजेश पायल राईकाे छाेरा रहेकाे खुलासा

 

काठमाडौं – गायक राजेशपायल राईलाई अहिले पनि सबैले सोध्ने प्रश्न हो– विवाह कहिले गर्ने ? उनले आफूलाई अहिलेसम्म अविवाहित व्यक्तिकै रुपमा पेश गरिरहेका छन् ।

तर, सबैलाई आश्चर्यमा पार्ने खबर यो छ कि उनी एक सन्तानका बाबु हुन् । राजेशपायल केही समयदेखि साङबुङ राई नामकी युवतीसँग लिभइनमा थिए । करिब दुई महिनाअगाडि उनीहरुलाई पुत्रलाभ भएको निकटस्थ स्रोतले बतायो ।

 

 

यो खबरलाई राजेशपायलले अहिलेसम्म गोप्य राखेका छन् ।उमेरले राजेशपायलभन्दा २६ वर्ष कान्छी हुन् साङबुङ । राजेश ४६ वर्षका भए भने साङबुङ मात्र २० वर्षकी छिन् । साङबुङ एक फ्यानको रुपमा राजेशपायलसँग नजिकिएकी थिइन् ।

 

बताइएअनुसार एक साथीमार्फत अनौपचारिक तवरले उनीहरुको भेट भएको थियो । दुवै एक–अर्काप्रति आकर्षित बनेका थिए । त्यसपश्चात केही समयको अफेयरपछि उनीहरु लिभिङ टुगेदरमा बस्न थालेको निकटस्थ स्रोतको भनाइ छ ।

 

साङबुङसँगको प्रेम सम्वन्धलाई राजेशपायलले कहिल्यै सार्वजनिक गर्न चाहेनन् । साङबुङले भने बेलाबखत राजेशपायलसँग टिकटक भिडियोहरु बनाएर हाल्ने गर्थिन् ।त्य सबाट कतिपयलाई उनीहरुको सम्वन्धबारे आशंका नभएको होइन ।

 

तर, एकदमै निकटबाहेक कसैलाई पनि एकिन थिएन । दुई महिना अगाडि धुम्बाराहीको ह्याम्स अस्पतालमा साङबुङले छोरा जन्माएपछि टिकटकमा एउटा तस्वीर पोष्ट गरेकी थिइन् । लभ इमोजी सहित पोष्ट गरेको उक्त तस्वीर उनले केहीबेरमै हटाइन् ।

राजेशपायलको दवावमा तस्वीर हटाएको अनुमान गरिएको थियो । उनीहरुले विवाह गरिसकेका छन् वा छैनन् भन्ने खुलेको छैन । काठमाडौंको शान्तिनगर र नक्सालमा दुईवटा घर छन् राजेशपायलका । नक्सालको घरमा राजेशले आफ्नी प्रेमिकालाई राखेका छन् ।

नेपाल प्रेस डट कमबाट साभार गरिएको ।

 

सम्बन्धित समाचार