नेपालले यूएईसँग एकदिवसीय शृङ्खला खेल्ने, यस्ताे आयो तालिका हेर्नुस 

काठमाण्डाै – नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) सँग तीन खेलकाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्ने भएकाे छ । सबै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज साेमवार विज्ञप्ति निकालेर जानकारी दिएकाे छ ।

नेपाल र यूएईबीचकाे पहिलाे एकदिवसीय मङ्सिर २८ गते हुने तालिका छ । यस्तै दाेस्राे खेल पुस १ गते र तेस्राे तथा अन्तिम खेल ३ गते हुने क्यानले जनाएकाे छ । सबै खेल बिहान ९ बजेपछि सुरु हुनेछ ।

यस्ताे छ तालिका– उज्यालो अनलाइन बाट

 

सम्बन्धित समाचार